Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानसँगको सम्झौतामा ‘हतार नगर्न’ आफ्ना वार्ताकारलाई राष्ट्रपति ट्रम्पकाे निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ११ २०८३
  • 779
    SHARES

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’ आफ्ना वार्ताकारलाई निर्देशन दिनुभएकाे छ।

यसअघि इरानसँगको सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको संकेत गरेका राष्ट्रपति ट्रम्पको पछिल्लो भनाइले वार्ता अझै केही समय लम्बिने संकेत देखाएको हाे । अहिले छलफलमा रहेको प्रस्तावित सम्झौतामा ६० दिनको युद्धविराम थप गर्ने, हर्मुट जलमार्ग पुनः सञ्चालनमा ल्याउने र इरानको आणविक कार्यक्रमकाे बारेमा थप वार्ता अघि बढाउने योजना समावेश रहेको जनाइएकाे छ ।

राष्ट्रपति ट्रम्पले साेमबार सामाजिक सञ्जालमार्फत वार्ता ‘सकारात्मक’ रूपमा अघि बढिरहेको भए पनि “दुवै पक्षले पर्याप्त समय लिएर यसलाई सही निष्कर्षमा पुर्‍याउनुपर्ने” उल्लेख गर्नुभएकाे हाे । गत शनिबार मात्रै राष्ट्रपति ट्रम्पले सम्झौताका धेरै जसो विषयमा “सहमति जुटिसकेको” बताउनुभएकाे थियाे । जसका कारण छिटै नै औपचारिक घोषणा हुने अनुमान गरिएको थियो ।

इरानी अधिकारीले पनि पछिल्लो साताका छलफल सकारात्मक रहेको संकेत गरेका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले दुवै पक्ष सम्झौताको “धेरै नजिक र धेरै टाढा” दुवै स्थितिमा रहेको टिप्पणी गर्नुभयाे ।

अमेरिकी सञ्चारमाध्यमहरूले यो प्रस्तावित मस्यौदा अन्तिम सम्झौता भने नएकाे र यसले केही जटिल मुद्दालाई पछि सम्बोधन गर्ने गरी थाति राखेको जनाएका छन् । जसमा इरानले राखेको प्रतिबन्ध फुकुवा र रोक्का गरिएको आफ्नो रकम फुकुवा गर्नुपर्ने माग तथा वासिङ्टनले इरानको आणविक महत्त्वाकांक्षामाथि बन्देज लगाउनुपर्ने अडान जस्ता विषयहरू समावेश गरिएकाे हाे।

प्रस्तावित सम्झौतालाई लिएर अमेरिकी सत्तारूढ रिपब्लिकन पार्टीभित्रै तीव्र मतभेद देखिएको छ । केही नेताहरूले यो सम्झौता इरानप्रति निकै नरम भएको भन्दै सार्वजनिक रूपमै आलोचना गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४