Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जात व्यवस्था विरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र समानताको माग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १० २०८३
  • 836
    SHARES

काठमाडौं । जातीय विभेद, सामाजिक बहिष्करण र दलित समुदायमाथि हुँदै आएको ऐतिहासिक दमनविरुद्ध राजधानी काठमाडौंको माइतीघर मण्डलामा आज शक्तिशाली प्रतिरोध प्रदर्शन गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा आयोजित उक्त विद्रोहात्मक प्रदर्शनमा देशका विभिन्न जिल्लाबाट आएका उत्पीडित नागरिक, मानवअधिकारकर्मी, विद्यार्थी, बौद्धिक वर्ग तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

‘जातका नाममा हत्या बन्द गर’, ‘अन्तरजातीय प्रेम अपराध होइन’, ‘दलितमाथिको विभेद अन्त्य गर’ लगायतका नाराले माइतीघर क्षेत्र घन्किएको थियो । प्रदर्शनकारीहरूले नेपालमा संविधानले समानताको ग्यारेन्टी गरे पनि व्यवहारमा अझै जातीय विभेद कायम रहेको भन्दै राज्यको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

यो विद्रोह दिवस ६ वर्षअघि पश्चिम रुकुमको सोती घटनामा अन्तरजातीय प्रेमकै कारण अमानवीय रूपमा हत्या गरिएका नवराज विकसहित ६ जना युवाको सम्झना र न्यायको मागलाई केन्द्रमा राखेर मनाइएको आयोजकहरूले बताएका छन् । प्रदर्शनकारीहरूले “प्रेम गरेकै कारण ज्यान गुमाउनुपर्ने देशमा लोकतन्त्रको अर्थ के ?” भन्दै राज्य व्यवस्था र सामाजिक मानसिकतामाथि प्रश्न उठाएका थिए ।

¥यालीमा सहभागी युवा अधिकारकर्मीहरूले “हाम्रो श्रम चल्ने, हाम्रो पसिना चल्ने तर हाम्रो छोराछोरीले प्रेम गर्दा खोलामा बगाइने ?” भन्दै जातीय अहंकार र छुवाछुत मानसिकताको तीव्र विरोध गरेका थिए । उनीहरूले लोकतन्त्र र गणतन्त्रको वास्तविक अभ्यास तबमात्र सम्भव हुने बताएका छन् जबसम्म समाजमा विद्यमान जातीय उत्पीडनको अन्त्य हुँदैन ।

प्रदर्शनमा सहभागीहरूले दलित समुदायका समस्या समाधानका लागि ठोस नीतिगत मागसमेत अघि सारेका छन् । भूमिहीन दलितहरूलाई खेतीयोग्य जमिन उपलब्ध गराउनुपर्ने, दलित विद्यार्थीलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा सुनिश्चित गर्नुपर्ने, जातीय हिंसाका घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने तथा दलित हत्याकाण्डको निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग प्रदर्शनकारीहरूको रहेको छ ।

उनीहरूले संविधानले सुनिश्चित गरेको समानता, सम्मान र सामाजिक न्याय व्यवहारमा कार्यान्वयन नभएसम्म संघर्ष जारी रहने चेतावनी दिएका छन् । कार्यक्रममा विभिन्न दलित अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा मानवअधिकार अभियन्ताहरूले सम्बोधन गर्दै नेपालमा अझै पनि जातीय उत्पीडन संस्थागत रूपमा कायम रहेको बताएका थिए ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि सहभागीहरूको नाराबाजी र सांकेतिक प्रतिरोधले माइतीघर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो । सुरक्षाका लागि नेपाल प्रहरीले व्यापक सुरक्षा व्यवस्था मिलाएको थियो ।

आयोजक समितिले जातीय विभेद अन्त्यका लागि अब सडकदेखि संसदसम्म दबाब सिर्जना गर्ने घोषणा गर्दै सामाजिक न्याय र समानताको आन्दोलनलाई अझ सशक्त बनाइने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४