Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ९ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । काठमाडौंको गोङ्गबु क्षेत्रबाट प्रहरीले एसएलआर राइफलमा प्रयोग हुने म्याग्जिन तथा ४५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुवै व्यक्तिमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सोही स्थानका २२ वर्षीय ओमशङ्कर गुप्ता रहेका छन्। गुप्ता हाल काठमाडौं महानगरपालिका–३२ नरेफाँट क्षेत्रमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा काठमाडौं टोखा नगरपालिका–९ गोङ्गबुस्थित शिव मन्दिर नजिक रहेको काबेली गेष्टहाउसमा खानतलासी गरिएको थियो। जाँचका क्रममा उनीहरूको साथबाट एसएलआर हतियारमा प्रयोग हुने एक थान म्याग्जिन, ४५ राउण्ड गोली तथा मेटलको नक बरामद गरिएको हो।

प्रवक्ता भट्टराईले पक्राउ परेका दुवै जनामाथि हतियार तथा खरखजाना सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको जानकारी दिए। बरामद सामग्री कहाँबाट ल्याइएको हो, कसलाई उपलब्ध गराउने योजना थियो र यसमा अन्य व्यक्तिको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान केन्द्रित गरेको जनाएको छ।

हाल पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर थप सोधपुछ भइरहेको छ। प्रहरीले घटनालाई गम्भीर रूपमा लिँदै सम्भावित आपराधिक गतिविधिसँग सम्बन्ध जोडेर अनुसन्धान अगाडि बढाएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४