Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोइराला निवास पुगेर गगनले भने– ‘भदौ २४ को घटनालाई सरकारले ढाकछोप गर्न खोजिरहेको छ’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ९ २०८३
  • 1.1K
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन नभएको बताएका छन् ।

शनिवार विराटनगरको कोईरालानिवास पुगेका थापाले वर्तमान सरकार भदौ २४ गतेको घटनालाई ढाकछोप गर्न लागिरहेको बताएका हुन् ।

भदौ २३ गतेको अप्रिय घटनामा राज्यको कमजोरी रहेको स्वीकार गर्दै उनले त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेको बताए । तर भदौ २४ गते कोइराला निवासदेखि चाक्सीवारी, सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको तोडफोड, आगजनी र हिंसाबारे राज्य मौन बसेको उनको आरोप छ । भदौ २४ गते पनि थुप्रै युवा र प्रहरीहरू मारिएको बताउँदै उनले त्यसको सत्य बाहिर ल्याउने प्रयास राज्यले नगरेको बताए ।

उनले नेपाली काँग्रेसले विशेष महाधिवेशनपछिको पहिलो बैठकदेखि नै भदौ २४ घटनाको निष्पक्ष छानबिनको माग गर्दै आएको स्मरण गराउँदै सरकारले आफ्नै प्रतिबद्धता बिर्सिएको आरोप लगाए । उनका अनुसार सरकारले सय दिने कार्यक्रम सार्वजनिक गर्दा भदौ २४ गतेको घटनाको छानबिनका लागि छुट्टै न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता जनाएको थियो । तर हाल यसलाई ढाकछोप गर्ने प्रयास भइरहेको बताउँदै उनले यो स्वीकार्य नभएको बताए ।

उनले भदौ २४ को तत्काल न्यायिक छानबिन आयोग गठन गर्न र हिंसा, आतंक तथा उपद्रोमा संलग्न दोषीहरूलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गरे ।

उनले भने ‘भदौ २४ गते नेपालमा जुन वितण्डा भयो, त्यो वितण्डाको हिसाब किताब हुन अझै बाँकी छ । भदौ २३ गते एउटा अप्रिय घटना भयो, त्यो घटनामा राज्यको धेरै ठुलो दोष थियो र त्यही भएर त्यो माथि अनुसन्धान भएको छ । अनुसन्धान उपर कारबाहीका प्रक्रियाहरू अगाडि बढेका छन् । नेपाली काँग्रेस पार्टीले जहिले पनि यो विषयका सन्दर्भमा साथ र समर्थन नै आफ्नो प्रकट गरेको छ । तर २४ गतेको सन्दर्भमा भने कोइराला निवास देखि चाक्सीवारी सम्म, सिंहदरबारदेखि राष्ट्रपतिको भवनसम्म भएको यो ठुलो क्षति र त्यस सँगसँगै त्यस दिनपनि थुप्रै तन्नेरीहरू मारिएका छन्, प्रहरीहरू मारिएका छन् । यसको बारेमा सबैले मौनता साँधेको जस्तो भएको छ ।

हामीले नेपाली काँग्रेस पार्टीको विशेष महाधिवेशन लगत्तै पछिको बैठकमा पहिलो बैठकमा र लगातार त्यसपछि दोहोराइ रहेका छौ र आज फेरि यहाँबाट पनि दोहोराउन चाहन्छु । सरकारलाई स्पष्टसँग पार्टीको तर्फबाट यो माग पनि राख्न चाहन्छु र सरकारलाई स्मरण पनि गराउन चाहन्छु । तपाईँहरूले आफ्नो सय दिनको कार्यक्रम सार्वजनिक गरिरहँदा र पछि गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन बुझ्दै गर्दाखेरि एउटा प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । हामी भदौ २४ गतेको बारेमा अनुसन्धान गर्न छुट्टै न्यायिक आयोग बनाउनेछौ । तर अहिले सबैले यसलाई ढाकछोप गर्ने प्रयत्न गर्नुभएको छ, यो स्वीकार्य छैन । त्यसैले भदौ २४ का सन्दर्भमा तत्काल एउटा न्यायिक छानबिन आयोग बन्नुपर्छ । त्यो दिन जसले उपद्रो गरेका हुन, जसले आतंक मच्चाएका हुन, उनीहरू कानुनको कठघरामा आउनु पर्छ ।’

सभापति थापाले मानवअधिकार आयोगले तयार गरेको प्रतिवेदन पनि तत्काल सार्वजनिक गर्न माग गरे । उनले आयोगले तत्काल प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सरकारले आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने बताए । उनले प्रतिवेदन सार्वजनिक नगर्न र सच्याउन सरकारले आयोगलाई दबाब दिएको पनि आरोप लगाए ।

उनले भने ‘मानवअधिकार आयोगको प्रतिवेदन जानी जानी लुकाइएको छ । आयोगमाथि ठुलो दबाब सिर्जना गरिएको छ, त्यो प्रतिवेदनमा भएको कुरालाई सार्वजनिक नगर्नको लागी र सच्याउनको लागी भन्ने हामीले महसुस गरेका छौँ । यदि हाम्रो कुरा गलत हो भने तत्काल प्रतिवेदन सार्वजनिक होस् ।’

उनले संविधान अनुसार सरकार चल्नुपर्ने बताए । उनले प्रतिपक्षले सरकारलाई सहयोग गरिरहेकोले सरकारले पनि प्रतिपक्षीको आवाजलाई सुन्नुपर्ने बताए । उनका अनुसार राष्ट्रियसभामा प्रतिपक्षी दलहरूले चाहेको भए सरकारको नीति तथा कार्यक्रम अस्वीकृत हुने थियो । तर काँग्रेसले सरकारको नीति तथा कार्यक्रममा विमति हुँदाहुँदै पनि पारित गरेर सहयोग गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४