Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यार्सागुम्बा टिप्न गएका गोरखाका युवकको भिरबाट लडेर मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ९ २०८३
  • 437
    SHARES

गोरखा । हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । Chumnubri Rural Municipality–३ पाङसिङ निवासी २५ वर्षीय प्रकाश गुरुङको बुद्ध हिमाल क्षेत्रमा दुर्घटनामा परी ज्यान गएको हो ।

वडा सदस्य विकास गुरुङका अनुसार प्रकाश आफ्ना दाजुभाइसँग यार्सागुम्बा सङ्कलनका लागि बुद्ध हिमालको फेदी पुगेका थिए । यार्सा टिपेर फर्कने क्रममा गत बुधबार उनी भिरबाट लडेर बेपत्ता भएका थिए ।

‘आफ्नै चार दाजुभाइ यार्सागुम्बा टिप्न गएका थिए । प्रकाश अघिअघि हिँडेका रहेछन्,’ वडा सदस्य गुरुङले भने, ‘साँझ बास बस्ने स्थानमा नपुगेपछि परिवार र साथीहरूले खोजी थालेका थिए । पछि राति ग्ल्यासियर क्षेत्रमा उनको शव फेला परेको हो ।’

दुर्घटनापछि स्थानीयवासी तथा आफन्तको सहयोगमा शव गाउँमा ल्याइएको थियो । शुक्रबार गुरुङ समुदायको परम्पराअनुसार प्रकाशको अन्त्येष्टि गरिएको वडा सदस्य गुरुङले जानकारी दिए ।

हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि हरेक वर्ष सयौँ स्थानीय उच्च हिमाली भेग पुग्ने गर्दछन् । तर जोखिमपूर्ण भौगोलिक अवस्था, चिसो मौसम, हिमपहिरो तथा भिरालो बाटोका कारण यस्ता दुर्घटना दोहोरिने गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरूले यार्सागुम्बा सङ्कलनमा जानेहरूलाई सुरक्षित रूपमा यात्रा गर्न तथा समूहमा मात्रै आवतजावत गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४