Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनताका जल्दोबल्दो समस्या समाधानमा गम्भीर बन्न सरकारलाई आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ४ २०८३
  • 399
    SHARES

काठमाडौँ । सांसदहरूले जनताका जल्दाबल्दा समस्याहरू तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरू अच्युतम लामिछाने, इन्दिरा रानामगर, अनुष्का श्रेष्ठलगायतले किसानहरूका लागि समयमा नै मल, विउविजनको व्यवस्था गर्नुपर्ने लगायतका आम जनताका सरोकारका विषयमा गम्भीर बन्न सरकारलाई सचेत गराएका हुन् ।

सांसद लामिछानेले किसानलाई खेतीवालीका लागि आवश्यक पार्ने सबै सामग्रीहरूको उचित व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले भने ‘किसानहरू खेती गर्ने मुख्य समयमा मल, बीउ, बीजन र आवश्यक कृषि औजारको अभावमा छन् । समयमा नै मल नपाउँदा उत्पादनमा ह्रास आउने सम्भावना छ । यसले किसान निराश भइरहेका छन् । र, कृषि पेशानै संकटमा पर्दै गइरहेको छ । आफ्ना जग्गा जमिनका उत्पादन गरेका बस्तु खेतदेखि पेटसम्म पुर्याउनका लागि आफ्ना गोठमा उत्पादित भएका बस्तु गोठदेखि ओठसम्म पुर्याउनका लागि दुख गर्ने कृषकलाई सम्झेर सरकारसँग म माग गर्दछु कि खेतीको समयमा आवश्यक पर्ने मल, विउविजन र कृषि औजार सहज, सुलभ र समयमा उपलब्ध गराउने सुनिश्चितता गरियोस् ।’

सांसद इन्दिरा रानामगरले झापामा एसियन हाईं वे बनाउनका लागि बस्तीमा वायु प्रदूषण हुने गरी अलकत्र निर्माण कार्य गरिएको भन्दै तत्काल हटाउनका लागि सरकारसँग माग गरिन् । उनले पाटन औद्योगिक क्षेत्रको व्यवस्थापनमा पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।

सांसद रानामगरले भनिन् ‘झापा क्षेत्र नम्बर २ मा वायु प्रदूषणका कारण धेरै क्यान्सर पीडितहरू छन् । एसियन हाइवे बनाउने भनेर अलकत्रहरु बस्तीमा बनाएका छन् । हटाउन धेरै पटक ध्यानाकर्षण गराउँदा पनि नसुनेको अवस्था छ । यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । त्यस्तै गरेर यो पाटन औद्योगिक क्षेत्र भनेको घरेलु उद्योगको लागि छुट्टयाइएको औद्योगिक क्षेत्रलाई अहिले ठुला उद्योग खोलेर धेरै मानिसहरू बिरामी भएको र केहीको मृत्यु पनि भएको भन्ने कुरा थाहा पाइयो ।’

सांसदहरूले सरकारले पर्यटन प्रवर्द्धनका लागि सक्षम संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए । त्यसैगरी उनले कर्मचारीहरूको नियुक्त प्रक्रियामा ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए ।

सांसद श्रेष्ठले भने ‘सक्षम पदाधिकारी नियुक्ति गर्ने कार्यमा ढिलाइ नगर्न पनि सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु । समयमा नै इफेक्टिभ पर्यटन प्रवर्द्धनका निम्ति सक्षम, सृजनात्मक नेतृत्व र संरचना तत्काल आवश्यक छ नि सम्माननीय सभामुखमार्फत नेपालका सरकारलाई निवेदन गर्न चाहन्छु ।’

सांंसद श्रेष्ठले सरकारले नागरिकको सेवाको कामलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४