Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ३ २०८३
  • 551
    SHARES

एन्जेसी । इरानले हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने संयन्त्र तयार पारेको छ ।

इरानले जहाजहरूकाे लागि अनुमति, दर्ता र कार्गो विवरण बुझाउनुपर्ने नयाँ नियम ल्याउने तयारी गरेकाे हाे । यसलाई अमेरिका र इजरायलमाथि दबाब सिर्जना गर्ने इरानको रणनीतिक कदमका रूपमा हेरिएको अलजजिराले जनाएको छ ।

यसले गर्दा तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग भएकाले विश्व बजारमा मूल्यवृद्धिको सम्भावना बढेको हाे । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही बाटो भएर जान्छ । कतार, साउदी अरब, युएई, कुवेत, इराकको तेल तथा एलएनजी साेही मार्गबाट निर्यात हुन्छ ।

चीन, भारत, जापान र दक्षिण कोरियाजस्ता एशियाली देशहरू सबै भन्दा बढी प्रभावित हुने देखिन्छ । तेहरानमा युद्धपछि मूल्यवृद्धि अत्यधिक बढेको हाे । बजारमा ग्राहक घटेका र व्यापार ठप्प जस्तै बनेको खबरमा उल्लेख गरिएकाे छ । इरानले युद्धका कारण बन्द गरेको शेयर बजार यहि जेठ ५ गते मंगलबारदेखि फेरि सञ्चालन गर्ने घोषणा गरेको हाे।

त्यस्तै, लेबनानमा इजरायल र हिजबुल्लाहबीचको आक्रमण जारी छ । इजरायलले दक्षिणी लेबनानका सय भन्दा बढी ठाउँमा आक्रमण गरेको दावी गरेको हाे । हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन हमला गरेको जनाएको छ । इजरायले लेबनानबीचको युद्धविराम ४५ दिनका लागि थपिए पनि दुवै पक्षबीच एक अर्कामाथिको आक्रमण रोकिएको छैन । राष्ट्रसंघले युद्धविरामको स्वागत गरेको छ ।

पश्चिम एशियामा अहिले बहु आयामिक संकटमा फसेको हाे। इरान–अमेरिका तनाव, गाजामा युद्ध, लेबनानमा आक्रमण र हर्मुज जलमार्गको अस्थिरताले विश्व राजनीति तथा अर्थतन्त्र दुवैलाई प्रभावित पारिरहेको हाे । आगामी दिनमा परिस्थिति झनै संवेदनशील बन्न सक्ने विश्लेषकहरूको चेतावनी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४