Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभाकाे बैठक नीति तथा कार्यक्रममाथि छलफल गर्न आज पनि बस्दै (कार्य-सूचीसहित)


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३१ २०८३
  • 684
    SHARES

काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाह बुधबार प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएपछि सरकारको नीति तथा कार्यक्रममाथि रोकिएको छलफल बिहीबार फेरी शुरु हुने भएकाे छ ।

बिहीबार बिहान ११ बजे बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने भएको हो । नीति तथा कार्यक्रम पेश गर्न प्रधानमन्त्री बालेन्द्र शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गर्दा नियमित कार्यसूचीमा नै प्रवेश नगरी बुधबारको सदन स्थगित भएको थियो । सदनको बिहीबारको सम्भावित कार्यसूचीमा छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने सम्भावित कार्यसूचीमा रहेकाे संघीय संसद सचिवालयले जनाएकाे छ ।

सम्भावित कार्यसूचीमा नीति तथा कार्यक्रमलाई बुधबारै निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । बुधबारको बैठक शुरु भएपछि सभामुख डिपी अर्यालले प्रधानमन्त्रीकातर्फबाट नीति तथा कार्यक्रमको जवाफ दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अनुमति दिएपछि विपक्षीहरुले आपत्ति जनाएका थिए । त्यस क्रममा नेपाली कांग्रेस, नेमपा एमाले, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

बुधबार दुई पटक स्थगित भएपछि शुरु भएकाे तेस्रो पटकको बैठक पनि विपक्षीहरुले अघि बढ्न नदिएपछि सभामुख डीपी अर्यालले बिहीबारसम्मका लागि स्थगित गर्नुभएकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४