Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, सम्भावित- “कार्यसूचीसहित”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २९ २०८३
  • 456
    SHARES

काठमाडाैं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्ने भएकाे छ।

बैठक मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएकाे हाे। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी, अर्थमन्त्री स्वर्णीम वाग्लेले पनि ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक–२०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सचिवालयले जनाएकाे हाे । साेही विषयमा बैठकमा छलफल हुने भएकाे छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे थियाे ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४