Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैशाख २९ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २९ २०८३
  • 646
    SHARES

आजको पञ्चाङ्ग

वि.सं. वैशाख २९, २०८३ । इ.सन् 12 May, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (बछलागा) रौद्र संवत्सर उत्तरायण वसन्त ऋतु । मंगलवार ज्येष्ठ कृष्णपक्ष ।तिथि दशमी, १०:१२ बजेपछि एकादशी । नक्षत्र पूर्वभाद्रपदा, २१:२४ बजेपछि उत्तरभाद्रपदा । योग वैधृति, १९:५५ बजेपछि विष्कम्भ । करण भद्रा, १०:१२ बजेपछि वव, २१:४९ बजेउप्रान्त वालव । चन्द्रराशि कुम्भ । योग (आनन्दादि) काण । दिनमान १३:२४ । सूर्योदय ०५:१९ । सूर्यास्त १८:४३ । दिन विशेष : भ.१०:१२प., पञ्चक ।
राशिफल
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। केही राम्रै अवसर प्राप्त हुनेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। यात्रा खर्चिलाे र कष्टपूर्ण हुन सक्छ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
गरिएका कामकाे प्रशंसा हुनेछ। नयाँ अवसरले उत्साह जगाउनेछ। नियमित काम तथा पेसा–व्यवसायमा पनि राम्राे उपलब्धि प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। साँझतिर प्रशस्त लाभ हुनेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। व्यापारमा फाइदा हुने समय छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
आजकाे दिन केही संघर्षमय रहने देखिन्छ। जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजाेर रहनाले काममा बाधा पुग्नेछ। धेरै समय अरूका लागि खर्चनुपर्ला। अर्थ–उपार्जनमा पनि केही मन्दी आउने बेला छ। साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता हासिल गर्न सकिनेछ। फाइदा हुनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढ्नेछन् तापनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। साँझतिर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुटाउनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रियजनसँग भेटघाट हुनाले दिन रमाइलाे रहनेछ। रमाइलो स्थान भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। परिस्थिति कमजाेर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। शत्रुहरू पनि किनारा लाग्नेछन्। साँझको समय रमाइलो रहनेछ। प्रियभेट हुनुका साथै अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
जिम्मेवारी थपिए पनि धेरै समय अरूका लागि खर्चनुपर्ला। अर्थ–उपार्जनमा पनि मन्दी आउने बेला छ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। स्वास्थ्य कमजोर हुनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। साँझदेखि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय छ, सजग रहनुहाेला। मिहिनेत गर्दा सामान्य उपलब्धि हातपार्न सकिनेछ।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। मिहिनेत गर्दा पेसा–व्यवसायमा मनग्य धनलाभ हुनेछ। साँझतिर घरेलु समस्या देखापर्न सक्छ। तापनि साथीभाइकाे सहयाेगले समस्या सुल्झन सक्छ, प्रयत्न गर्नुहाेला।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। नसेाची चुनाैती अँगाल्ने बानीले काम राेकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला। साँझतिर नयाँ कार्यतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
आफन्त र साथीभाइकाे सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने देखिन्छ। पहिलेका कमजोरी सुधार्ने प्रयत्न गर्नुहाेला। खानपानको असावधानीले स्वास्थ्य बिग्रन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन सकिनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। विदेश तक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। साँझतिर आफन्तसँग सम्पर्क हुनुका साथै भेटघाटकाे अवसर जुर्न सक्छ। व्यापार बढ्नाले आयआर्जनमा सुधार हुने समय छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४