Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश २ मा मंगलबार ४ जना कोरोना संक्रमितको मृत्यु !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०७७
  • 3.5K
    SHARES

प्रदेश २ मा मंगलबार ४ जना कोरोना संक्रमितको मृत्यु !

 जन न्युज नेपाल खवर प्रतिनिधि :

जनकपुर । प्रदेश नम्बर २ मा मंगलबार कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसहित  प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ । मृत्यु हुनेमा पर्साका २, बाराका १ र सिरहाका १ पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २० स्थित हरपतगंजका ५३ वर्षीय एक पुरुष र पर्साकै अन्दाजी ६० वर्षीय एक पुरुषको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै बाराको कोल्हवी नगरपालिकाका ६० वर्षीय एक पुरुष र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ६ का ६५ वर्षीय एक पुरुषको समेत कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट प्रदेश नम्बर २ मा १६ महिला र ७८ पुरुष गरि कुल जम्मा ९४ जनाको मृत्यु भइसकेको छ । यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३६, बारामा १४, धनुषामा १२, महोत्तरीमा १०, सिरहामा ८, सप्तरीमा ६, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४