Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहमन्त्री गुरुङको राजीनामा माग्दै कांग्रेसको दबाब: ‘तत्काल निष्पक्ष छानबिन गरियोस्’


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ७ २०८३
  • 1.3K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै सरकारसँग तत्काल छानबिन प्रक्रिया सुरु गर्न आग्रह गरेको छ ।

सोमबार पार्टीका प्रवक्ता देवराज चालिसेले जारी गरेको प्रेस विज्ञप्तिमा गृहमन्त्री गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणले गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ । कांग्रेसले उक्त विषयलाई सार्वजनिक चासो मात्र नभई राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको मुद्दा भएको जनाएको छ ।

कांग्रेसले गृहमन्त्रीमाथि लागेको आरोपबारे ढिलासुस्ती नगरी तत्काल स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया सुरु गर्न सरकारसँग माग गरेको छ । “गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्,” विज्ञप्तिमा उल्लेख छ, “यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्‍याउनेछ ।”

त्यस्तै, निष्पक्ष अनुसन्धानका लागि उपयुक्त वातावरण बनाउन गृहमन्त्री गुरुङले पदबाट राजीनामा दिनुपर्ने कांग्रेसको धारणा छ । पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका रहने भएकाले स्वतन्त्र र प्रभावरहित छानबिन सुनिश्चित गर्न राजीनामा आवश्यक रहेको कांग्रेसले स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४