Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्व सम्पदा दिवसका अवसरमा काठमाडौँमा सम्पदा पदयात्रा र अन्तरक्रिया कार्यक्रम आयोजना


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ५ २०८३
  • 570
    SHARES

काठमाडौँ । विश्व सम्पदा दिवस का अवसरमा सम्पदाको संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

युनेस्को को पहलमा सन् १९८३ देखि हरेक वर्ष अप्रिल १८ मा यो दिवस मनाइँदै आएको हो । विश्वभर रहेका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने लक्ष्यका साथ यो दिवस स्थापना गरिएको हो ।

नेपालमा सूचीकृत विश्व सम्पदामा काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, पशुपतिनाथ मन्दिर, बौद्धनाथ स्तूप, स्वयम्भूनाथ स्तूप, लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज तथा सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

यसै अवसरमा राजधानीमा आज बिहान सम्पदा पदयात्रा आयोजना गरिएको छ । वाग्मती प्रदेश सरकार अन्तर्गत संस्कृति तथा पर्यटन मन्त्रालय मातहतको पर्यटन कार्यालयका अनुसार गहना पोखरीदेखि भाटभटेनी मन्दिरसम्म पदयात्रा गरिनेछ ।

पदयात्रापछि हाँडीगाउँ क्षेत्रको सांस्कृतिक महत्वबारे अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने कार्यालय प्रमुख पवनकुमार पोखरेलले जानकारी दिएका छन् ।

कार्यक्रममा वाग्मती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठको सहभागिता रहने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४