Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारले अनुमति दिए कक्षा १२ को परीक्षा दसैंअघि हुने‘


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र १६ २०७७
  • 4.5K
    SHARES

सरकारले अनुमति दिए कक्षा १२ को परीक्षा दसैंअघि हुने‘

जन न्युज नेपाल खवर प्रतिनिधि काठमाडौँ :

एसइईजस्तो आन्तरिक मूल्यांकनबाट हुँदैन’

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दसैँअगाडि नै सञ्चालन गर्ने गरी सरकारसँग अनुमति मागेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् कोभिड- १९ संकट व्यवस्थापन केन्द्र {सिसिएमसी}लाई पत्राचार गर्दै बोर्डले दसैँअघि नै परीक्षा गर्ने अनुमति मागेको हो।

‘हाम्रो जोड दसैंअघि नै परीक्षा लिने भन्ने छ,’ बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जन न्युज नेपाल खवर प्रतिनिधिसँग भने, ‘परिस्थिति सहज भए पूरानै तरिकाबाट परीक्षा लिने, कोरोना महामारी यस्तै भइरहेमा कसरी परीक्षा लिने भन्ने विभिन्न विकल्पको खोजि भइरहेको छ।’ यसपाली दसैं कात्तिकमा छ।

विद्यार्थीको एक शैक्षिक सत्र खेर जान नदिन र उपल्लो तहको शिक्षाका लागि बाटो खोल्नका लागि पनि अब ढिला नगरी परीक्षा गर्नुपर्ने बोर्डको भनाइ छ।

 बोर्डले मात्रै चाहेर परीक्षा हुँदैन। परीक्षा सञ्चालनको अनुमतिका लागि सिसिएमसीमा पत्राचार गरिएको छ। पत्रबारे अहिलेसम्म केहि जवाफ आएको छैन,’ उनले जन न्युज नेपाल खवर प्रतिनिधिसंग भने।

सरकारले अनुमति दिएमा पूर्वसूचना दिएर परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ। उनले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जस्तो आन्तरिक मूल्यांकनबाट कक्षा १२ को परीक्षा नहुने प्रष्ट पारेका छन्।

‘परिस्थिति सहज भएमा परीक्षा केन्द्रमा विद्यार्थी राखेर पूरानै तरिकाबाट परीक्षा भइहाल्छ,’ उनले भने, ‘अवस्था यस्तै जटिल नै रहिरह्यो भने नयाँ विकल्पबाट परीक्षा हुन्छ। अनलाइनबाट प्रश्नपत्र पठाएर पनि परीक्षा गर्न सकिन्छ। नयाँ विकल्पबारे छलफल भइरहेको छ, बोर्ड निष्कर्षमा पुगिसकेको छैन।’

वैशाखमा तय भएको कक्षा १२ को परीक्षा कोरोना महामारीले स्थगित भएको थियो।

 स्थगित कक्षा ११ को परीक्षा भने विद्यालयबाटै सञ्चालन हुने गरी यसअघि बोर्डले अनुमति दिइसकेको छ।

स्थगित कक्षा १० को परीक्षा भने आन्तरिक मूल्यांकनबाट भइसकेको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४