Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानलाई एकै रातमा समाप्त गर्ने ट्रम्पकाे चेतावनी, तेल र होर्मुजमाथि नजर


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २४ २०८२
  • 1.8K
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार इरानलाई एकै रातमा ‘समाप्त पार्न’ सकिने र त्यो रात मंगलवार हुनसक्ने बताएका छन् ।

ट्रम्पले इरानलाई सम्झौता गर्न र होर्मुज जलडमरूमध्य पुनः खोल्नका लागि तोकेको समयसीमा मंगलवार राति समाप्त हुँदैछ । सोही क्रममा उनले मध्यस्थकर्ताहरूमार्फत इरानी पक्षसँग भइरहेको वार्ता ‘राम्रोसँग अघि बढिरहेको’ दाबीसमेत गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘सम्पूर्ण देशलाई एकै रातमा सिध्याउन सकिन्छ र त्यो रात भोलि रात हुनसक्छ ।’ उनले इरानसँगको युद्ध कम गर्ने वा बढाउने भन्नेकुरा इरानको कदममा भर पर्ने बताए ।

ट्रम्पले आफ्नो प्रशासनसँग मंगलबार मध्यरातसम्म इरानका पुल र पावर प्लान्टहरू ध्वस्त पार्ने योजना रहेको खुलासा गरे । राष्ट्रपतिले मंगलवार पूर्वी समय अनुसार राति ८ बजेको समयसीमा अन्तिम भएको बताए ।

यद्यपि उनले विगतमा यस्ता समयसीमाहरू बारम्बार परिवर्तन गर्दै आएका छन् । यसअघि ट्रम्पले इरानको नागरिक पूर्वाधारमा हुने अमेरिकी हवाई आक्रमणले युद्ध अपराधको रूप लिनसक्ने विषयमा आफू ‘चिन्तित नरहेको’ बताएका थिए ।

उनले होर्मुज जलडमरूमध्यबाट गुज्रिने जहाजहरूमा अमेरिकाले शुल्क (टोल) लिनुपर्ने र तेलको स्वतन्त्र आवागमन सुनिश्चित हुनुपर्ने कुरामा जोड दिए । उनले इरानको तेल नियन्त्रणमा लिन सकिने संकेत गर्दै अमेरिकी जनता भने आफ्ना सेना घर फर्केको हेर्न चाहने उल्लेख गरे ।

अर्कोतर्फ, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले युद्धविरामले विपक्षीहरूलाई पुनर्गठित हुन र थप अपराध गर्न समय मात्र दिने बताएका छन् ।

इरानी समाचार एजेन्सी आईआरएनएकाअनुसार तेहरानले अमेरिकाको १५ बुँदे प्रश्तावलाई अस्वीकार गर्दै युद्धको स्थायी अन्त्यका लागि आफ्ना शर्तहरूसहित पाकिस्तानमार्फत जवाफ पठाएको छ ।

ट्रम्पले अमेरिकाले इरानसँगको युद्ध जितिसकेको दाबी गरे पनि धेरै अमेरिकी विशेषज्ञहरू भने यसमा असहमत देखिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४