Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैत १९ गते बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १९ २०८२
  • 1.5K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. चैत १९, २०८२ । इ.सन् 02 Apr, 2026 । शक संवत् १९४७ । नेपाल संवत् ११४६ (चौलाथ्व) रौद्र संवत्सर उत्तरायण वसन्त ऋतु । बिहीवार चैत्र शुक्लपक्ष । तिथि पूर्णिमा, ७:०१ बजेपछि प्रतिपदा । नक्षत्र हस्त, १७:०६ बजेपछि चित्रा । योग ध्रुव, १४:०१ बजेपछि व्याघात । करण वव, ७:०१ बजेपछि वालव, १९:२० बजेउप्रान्त कौलव । चन्द्रराशि कन्या ।योग (आनन्दादि) राक्षस । दिनमान १२:२५ । सूर्योदय ५:५६ । सूर्यास्त १८:२१ । दिन विशेष : भक्तपुरमा विश्वध्वजोत्थान। मन्वादि। देवी यात्रा। हनुमान जयन्ती, बालाजुस्थित बाइसधारामा मेला। वैशाख स्नान सुरु। लमजुङको यलुङ पोखरीमा मेला। बैतडीकाे विश्वनाथ मन्दिरमा कोटीहोम मेला समाप्ति। बौद्धमा तेमाल जात्रा। ल्हुति पुन्हि। ल्हुति स्नान।
राशिफल
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले केही दुःख पनि पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा फाइदा र पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि काममा हाैसला बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सहपाठीहरूसँग भेटघाट हुनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वार्थका लागि नजिकिनेहरू बढ्नेछन्। कामका चुनौती पन्छाउन निकै मेहनत गर्नुपर्ला। तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। केही सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। भेटघाटले अवसर दिलाउनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। सानातिना काममा अलमलिनाले मुख्य काम रोकिन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। तर आलस्य त्यागेर मिहिनेत गर्दा लाभ उठाउन सकिनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले हात झिके पनि काम सम्पादन हुनेछन्।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलाे हुनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
साथीभाइमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने परिस्थिति समेत आउन सक्छ। राम्रै आम्दानी भए पनि परिस्थितिले खर्च गराउनेछ। सामान्य काममा पनि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। पछिका लागि गरिएको लगानी भने फाइदाकारक रहनेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामकाे जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जाेखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
केही चुनौती देखिए पनि सामाजिक उत्तरदायित्व वहन गर्दै विशेष जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। सोखले फजुल खर्च बढाउन सक्छ। आतिथ्य पनि खर्चिलो हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४