Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेनजी आन्दोलन प्रकरण: काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०८२
  • 418
    SHARES

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

रिजाल जेनजी आन्दोलनको समयमा काठमाडौं का प्रमुख जिल्ला अधिकारी थिए । उनीमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप लागेको छ । तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिएका रिजाल दमन प्रकरणपछि एक महिना नपुग्दै सीडीओ पदबाट बाहिरिएका थिए ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालसहित अन्य व्यक्तिमाथि कारबाही सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा यसअघि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन् ।

रिजाल काठमाडौंका सीडीओ हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख थिए । सो अवधिमा कर्मचारी सरुवामा अनियमितता गरेको आरोप समेत उनीमाथि लागेको छ ।

अख्तियारले विशेष अदालतमा पठाएको विवरण अनुसार रिजालमाथि भ्रष्टाचार सम्बन्धी अनुसन्धान जारी रहेको छ । तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तिर्थराज भट्टराईसँग सम्बन्धित गतिविधिहरूमाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४