Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैत १३ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १३ २०८२
  • 1.2K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. चैत १३, २०८२ । इ.सन् 27 Mar, 2026 । शक संवत् १९४७ । नेपाल संवत् ११४६ (चौलाथ्व) रौद्र संवत्सर उत्तरायण वसन्त ऋतु । शुक्रवार चैत्र शुक्लपक्ष । तिथि
नवमी, १२:३२ बजेपछि दशमी । नक्षत्र पुनर्वशु, १७:४३ बजेपछि तिष्य । योग अतिगण्ड, २४:२१ बजेपछि सुकर्मा । करण कौलव, १२:३२ बजेपछि तैतिल, २३:३३ बजेउप्रान्त गर । चन्द्रराशि मिथुन । योग (आनन्दादि) लुम्ब । दिनमान १२:१६ । सूर्योदय ६:०२ । सूर्यास्त १८:१८ । दिन विशेष : श्री रामनवमी व्रत। श्री रामजयन्ती । श्री राम शोभा यात्रा। विश्व हिन्दु महासंघ स्थापना दिवस। आध्यात्मिक पत्रकार समाज स्थापना दिवस।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। पेसा–व्यवसायमा मनग्य लाभ मिल्नेछ। दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नदेखि भने सहयाेगीहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। वादविवादले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मध्याह्नदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने अभिव्यक्ति कलामा पनि निखारता आउनेछ। प्रशंसकहरू पनि बढ्नेछन्।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यवसायमा लगानी बढाउने समय छ। आकस्मिक खर्च बढ्नेछ तर आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। मध्याह्नदेखि मिहिनेतले आत्मविश्वास बढाउनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष भेटघाट र उपहारले मन आनन्दित हुनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। लाभांश बढ्नाले ऋणमोचन हुने सम्भावना छ। तर ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। समयमा आलस्य गर्दा पछि धोका पाइनेछ। मध्याह्नपछि आफन्तहरू टाढिनेछन्। परिस्थितिवश फजुल खर्च बढ्न सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। लगनशील बन्दा नियमित काम सम्पादन हुनेछन्।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। मध्याह्नदेखि आयस्रोत बढ्नेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। राम्रो उपलब्धि पाइनेछ। छाेटाे समयमा कामकाे प्रतिफल हातलागी हुनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
चुनौती पन्छाउँदै काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले जिम्मेवारी पनि दिलाउनेछ। व्यापारमा राम्रो फाइदा हुनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मध्याह्नपछि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुने समय छ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूका लागि समय खर्चनुपर्ला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। परिस्थितिले चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। दिउँसोदेखि सहयोगीहरूले साथ दिनेछन् भने भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर दाम कमाउने बेला छ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रयत्न गर्दा अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यापार बढ्नेछ भने आम्दानी पनि प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। कामले यात्राको अवसर दिलाउन सक्छ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। दिउँसाेदेखि अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। सानोतिनो समस्याले पनि अल्झाउन सक्छ। गाेपनीयतामा ध्यान पुर्याउनुहाेला।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न सकिनेछ। मध्याह्नपछि व्यवसायमा लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। स्राेतसाधन जुट्नाले उत्साह जाग्नेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै अवसर प्राप्त गर्न सकिनेछ। मध्याह्नपछि विभिन्न अवसर प्राप्त हुनेछन् र फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र राेगमाथि विजय प्राप्त हुनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याह्नदेखि पठनपाठनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। पढाइलेखाइमा प्रगति हुनुका साथै प्रतिभाको कदर हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४