Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आंशिक बदलीसँगै वर्षा र हिमपातको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ८ २०८२
  • 722
    SHARES

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

आइतबार बिहान गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ । तराई तथा उपत्यकाका केही क्षेत्रमा हुस्सु लागेको महाशाखाले जनाएको छ ।

दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

राति भने हिमाली क्षेत्रमा सामान्य बदली रहने र बाँकी पहाडी तथा तराई भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४