Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको ‘छरितो सरकार’ योजना: बालेन्द्र शाह नेतृत्वमा १५ मन्त्रालयको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०८२
  • 779
    SHARES

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘छरितो र कार्यकुशल’ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने मन्त्रिपरिषद्मा बढीमा १५ वटा मन्त्रालय मात्र राख्ने सहमति शीर्ष तहमा भएको छ।

बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले ‘सुशासन र मितव्ययिता’ लाई प्राथमिकता दिँदै मन्त्रालयको संख्या कटौती गर्ने निर्णय गरेको हो। नेपालको संविधानले प्रधानमन्त्रीसहित २५ सदस्यसम्मको मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था गरे पनि रास्वपाले प्रशासनिक खर्च घटाउँदै कार्यसम्पादन प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

संसद् सचिवालयले सांसदहरूको शपथ ग्रहण चैत १२ गतेका लागि तय गरेसँगै रास्वपाले प्रधानमन्त्रीको शपथ चैत १३ मा गर्ने प्रस्ताव अघि सारेको छ। उक्त बैठकमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले सहभागी थिए।

महामन्त्री कवीन्द्र बुर्लाकोटी का अनुसार प्रधानमन्त्रीको शपथका लागि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयसँग आवश्यक समन्वय भइरहेको छ। सोही दिन सानो आकारको मन्त्रिपरिषद् गठन गरी मन्त्रीहरूलाई पनि शपथ गराउने तयारी छ।

काठमाडौं महानगरका प्रमुख पदबाट राजीनामा दिएर राष्ट्रिय राजनीतिमा सक्रिय भएका बालेन्द्र शाह ले नागरिकले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्। बैठकमा सरकार गठनसँगै लागू गरिने ‘सुशासन’ का प्रारम्भिक कदमबारे पनि गम्भीर छलफल भएको बताइएको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो विधान संशोधन गर्ने निर्णय गरेको छ। अब संसदीय दलको नेता पार्टीका साधारण सदस्यहरूले होइन, निर्वाचित सांसदहरूले चयन गर्ने कानुनी व्यवस्था लागू गरिने भएको छ, जुन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ सँग मेल खान्छ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल बनेको छ। पूर्वसहमतिअनुसार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बीचको समझदारीका आधारमा शाहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो।

सरकार गठनसँगै मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड र नीति प्राथमिकता तय गरिनेछ। रास्वपाले निर्वाचनका क्रममा जनतासमक्ष गरेका वाचा पूरा गर्दै सुशासनको प्रत्याभूति दिलाउने दाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४