Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर मौसम बिग्रिने चेतावनी: शुक्रबारदेखि मेघगर्जन, चट्याङ र तीव्र हावाहुरीको जोखिम


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ६ २०८२
  • 779
    SHARES

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग ले शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ।

विभागका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र कोशी प्रदेश मा आंशिकदेखि सामान्य बदली रहेको छ भने केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

शुक्रबार दिउँसोदेखि विशेषगरी कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्ज आसपासका जिल्लामा तथा शनिबार कोशी प्रदेश का विराटनगर, धरान र धनकुटा आसपास तीव्र हावाहुरी चल्ने प्रक्षेपण गरिएको छ। हावाको गति करिब ११९ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने जनाइएको छ।

यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले मौसम बिग्रिने संकेतसँगै सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणका अनुसार हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको छ।

पछिल्ला दिनमा हावाहुरीका कारण मानवीय क्षति भइसकेको उल्लेख गर्दै प्राधिकरणले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, झ्यालढोका सुरक्षित राख्न, हावाहुरीका बेला सुरक्षित स्थानमा बस्न तथा बिजुलीका तार र अग्ला संरचनाबाट टाढा रहन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४