Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिक सांसदको नाममा निर्वाचन आयोगले रुजु प्रक्रिया अघि बढायो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २ २०८२
  • 798
    SHARES

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले पेश गरेका १ सय १० जना उम्मेदवारको नाममा रुजु प्रक्रिया अघि बढाएको छ।

निर्वाचनमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटै राजनीतिक दलले समानुपातिक प्रणालीतर्फ सांसद हुनेको नाम सोमबार आयोगमा बुझाएका थिए। आयोगले ती नाम क्लस्टर, अर्थात् समावेशी समूहअनुसार मिलेको वा नमिलेको रुजु प्रक्रिया अघि बढाएको जनाएको छ।

दलहरूले बुझाएको सूचीमा त्रुटि नभएमा आयोगले सोमबारै निर्वाचित सांसदको सूची सार्वजनिक गर्ने तयारीमा छ। तर सूचीमा केही त्रुटि भेटिएमा सम्बन्धित दललाई मिलाएर फेरि पठाउन समय दिइनेछ।

सार्वजनिक सूचीपछि निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गरिनेछ। समानुपातिकतर्फ निर्वाचित सांसदको टुङ्गो लागिसकेपछि आयोगले प्रतिवेदन तयार गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाउनेछ र त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४