Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काभ्रेपलाञ्चोक: धुलिखेल–खावा सडकखण्ड चैत ७–२० गते राति बन्द, कालोपत्रे काम तीव्रता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ३० २०८२
  • 1.3K
    SHARES

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति र कालोपत्रे (पक्की) निर्माणका लागि आगामी चैत ७ देखि २० गतेसम्म राति सडक बन्द गरिने भएको छ।

सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको स्तरोन्नति पुनः तीव्रता दिइएको र नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि काम समयमै सम्पन्न गर्न राति सडक बन्द गरिने जानकारी दिएको छ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशका अनुसार, उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म ठूला चारपाङ्ग्रे सवारीसाधन र यात्रुवाहक बस सञ्चालनमा रोक लगाइनेछ। साथै टिपर, ट्रक लगायत मालवाहक सवारी साधनलाई चौबिसै घण्टा रोक लगाइनेछ र वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

धुलिखेलदेखि–खावासम्मको चार किलोमिटर दूरीको सडकखण्डमा निर्माण ढिलाइ हुँदा विगत तीन वर्षदेखि यात्रा असुविधाजनक बनेको थियो। पुरानो ठेक्का रद्द गरेपछि गत साउनमा पुनःबोलपत्र आह्वान गरिएको थियो।

नयाँ निर्माण कम्पनीले २२ महिनाभित्र निर्माण पूरा गर्ने गरी रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो। कार्यालयले ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाएर बेस तयार गर्ने र दुई चरणमा डिबिएम तथा आस्फाल कालोपत्र गर्ने योजना बनाएको छ।

अर्निको राजमार्ग चीनसँगको उत्तरी नाका तातोपानी र छिमेकी जिल्ला दोलखा, रामेछापलगायतमा जाने मुख्य मार्ग भएकाले समयमै स्तरोन्नति नभए यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य छन्। सडक निर्माण समयमा नसकिँदा भत्किएका सडकमा दुर्घटना हुँदा यात्रु घाइते भएका घटना पनि भएका छन्।

सार्वजनिक सूचना अनुसार, निर्माणको काम समयमा सम्पन्न गर्न र सडकलाई सुरक्षित, बलियो र आधुनिक बनाउन चैत ७–२० गते राति सडक बन्द गरिने छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४