Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अध्यक्ष कुलमान घिसिङ: “नयाँ सरकारले जनताको आकांक्षा पूरा गर्दै सुशासनमा केन्द्रित हुनुपर्छ”


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २६ २०८२
  • 2K
    SHARES

काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी नयाँ सरकारले जनताको परिवर्तन र आर्थिक समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

अध्यक्ष घिसिङले आज जारी गरेको वक्तव्यमा निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्ने मतदाता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै नयाँ सरकारबाट हुने राम्रा कामको समर्थन गर्ने र गलत काम भएमा सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले चुनावमा हार प्राविधिक विषय मात्र भएको उल्लेख गर्दै भने,

“चुनावको परिणामले निराश पार्नु हुँदैन। उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्तरूपमा अघि बढ्ने हाम्रो प्रतिबद्धता कायमै छ।”

अध्यक्ष घिसिङले विषम परिस्थितिकाबीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकाय, कर्मचारी र सम्बन्धित सबैप्रति आभार व्यक्त गरे।

उनले थपे,

“हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ। लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ। तर चुनावमा हार प्राविधिक विषय मात्र हो। छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको छ।”

घिसिङले आगामी दिनमा पनि पार्टीको मूल्य, सिद्धान्त र दृष्टिकोण अनुसार काम गर्दै जनतासँग प्रतिवद्ध रहिरहने बताए। उनका अनुसार, नयाँ सरकारले देशमा सुशासन, आर्थिक विकास र जनकल्याणमा केन्द्रित भएर काम गर्नु अपरिहार्य छ।

उज्यालो नेपाल पार्टी आगामी दिनमा पनि लोकतान्त्रिक अभ्यास र जनताको आवाजलाई सम्मान गर्दै नीति, कार्यक्रम र जनहितका कामहरूमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४