Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली: निष्पक्ष निर्वाचनको वातावरण बनेन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १५ २०८२
  • 2.4K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन्।

झापाको दमकमा शुक्रबार अनेरास्ववियूले आयोजना गरेको ‘बासँग विद्यार्थी कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा देखिएको राजनीतिक संकटबाट मुक्ति दिलाउन एमाले निर्वाचनमा होमिएको जिकिर गरे।

उनले मुलुकको सार्वभौम संसदलाई ध्वंसको माध्यमबाट बलपूर्वक विघटन गरिएपछि देश संकटतर्फ धकेलिएको दाबी गरे। एमाले चुनावबाट नभाग्ने पार्टी भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनबाट एमाले नै पहिलो शक्ति बन्ने दाबी गरे। त्यसपछि देशका समस्याको समाधान निकाल्ने जिम्मेवारी एमालेले लिने उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचनमा कुनै प्रकारको धाँधली एमालेलाई मान्य नहुने स्पष्ट पारे। चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन सरकार गम्भीर नदेखिएको आरोप समेत उनले लगाए।

कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट फैलाइने भ्रम र दुष्प्रचारबाट सचेत रहन आग्रह गरे। युवा तथा विद्यार्थीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै ओलीले कुनै पनि पार्टीको भूमिका उसको सिद्धान्त, कार्यक्रम र एजेण्डाले निर्धारण गर्ने बताए। एमालेका कार्यक्रम र सिद्धान्त जनतासम्म पुर्‍याउन उनले युवा–विद्यार्थीलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४