Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर काँग्रेसको पक्षमा जनलहर : देवराज चालिसे


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १४ २०८२
  • 2.4K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी प्रतिनिधि सभा निर्वाचनमा काँग्रेसको पक्षमा देशव्यापी जनलहर सिर्जना भएको दाबी गर्नुभएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चालिसेले १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसका उम्मेदवारहरूले मतदातासँग सघन अन्तरक्रिया गरिरहेको र अपेक्षित चुनावी परिणामको पूर्वाभ्यास भइसकेको बताउनुभयो। बदलिँदो राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्दै मुलुकलाई सम्हाल्न सक्ने एक मात्र दल काँग्रेस भएको उहाँको जिकिर छ।

उहाँले लोकतन्त्रको रक्षाका लागि नागरिकहरूले देखाएको समर्थनप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “अति लोकप्रियता र प्रतिगमनका पक्षमा गैरजिम्मेवारी ढंगले आम मनोविज्ञानलाई प्रभाव पार्ने तत्वहरू शिथिल बन्दै गएका छन्। काँग्रेसप्रति चौतर्फी आकर्षण बढेको छ।” विभिन्न दलका उच्चस्तरीय राजनीतिक व्यक्तित्व र जनप्रतिनिधिहरू काँग्रेस प्रवेश गर्ने क्रम जारी रहेको पनि उहाँले उल्लेख गर्नुभयो।

प्रचारप्रसार अन्तिम चरणमा पुग्दा पार्टीका शीर्ष नेताहरू देशका प्रमुख सहरहरूमा चुनावी सभामा सक्रिय रहेको जानकारी दिँदै चालिसेले नवलपरासी, सुर्खेत र बाँकेमा सम्पन्न सभामा सयौँ कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको दाबी गर्नुभयो।

निर्वाचन आचारसंहिताको पूर्ण पालनालाई काँग्रेसले प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले उल्लंघनका घटनामा तत्काल छानबिन गरी कारबाही गर्न निर्वाचन आयोग नेपालसँग माग गर्नुभयो। भयरहित र शान्तिपूर्ण मतदान सुनिश्चित गर्न सरकारले सुरक्षा संयन्त्र प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उहाँको भनाइ छ।

जेलबाट फरार अपराधी र हतियारसहित बाहिर रहेका समूहबाट हुनसक्ने अशान्तिप्रति सरकार सचेत हुनुपर्ने काँग्रेसको धारणा छ। साथै, बालबालिकालाई निर्वाचन प्रचारमा प्रयोग गर्ने कार्य बालअधिकारको हनन भएको भन्दै उहाँले कडा आलोचना गर्नुभयो।

“नेपालको बहुलता र एकतालाई कमजोर पार्ने विभाजनकारी अभिव्यक्ति सर्वथा अनुचित हो,” चालिसेले भन्नुभयो। लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रसँगको सहकार्य निरन्तर रहने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४