Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौँ मेडिकल कलेजको घोषणा: ‘साम्बा’ नेपालमै उपचार गर्न तयार भए निःशुल्क शल्यक्रिया


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन १२ २०८२
  • 4K
    SHARES

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ नेपालमै उपचार गर्न तयार भए काठमाडौँ मेडिकल कलेज (केएमसी)ले निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।

केएमसीका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ‘साम्बा’ पछिल्लो सात हप्तादेखि गम्भीर चोटसँग संघर्षरत रहेको उल्लेख गरेका छन्। कतारको एस्पेटर अस्पतालमा गरिएको घुँडाको शल्यक्रियापछि हालिएको ग्राफ्ट र एमसीएल (मेडियल कोलेटरल लिगामेन्ट) दुवैमा पुनः समस्या देखिएकाले अर्को शल्यक्रिया आवश्यक परेको जनाइएको छ।

दाहालले आर्थिक अभावकै कारण “राष्ट्रका गहना”ले अत्यावश्यक उपचार नपाउनु दुःखद भएको टिप्पणी गर्दै केएमसीमा ‘साम्बा’को जटिल शल्यक्रिया सम्भव रहेको र सम्पूर्ण उपचार निःशुल्क गरिने स्पष्ट पारे।

सहयोग अपिलपछि नयाँ मोड

‘साम्बा’ले सोमबार अपराह्न आफ्नो आधिकारिक फेसबुकमार्फत उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च हुने उल्लेख गर्दै सहयोगको अपिल गरेकी थिइन्।

उनले पछिल्लोपटक अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वको पहलमा व्यवस्थापन भएको भए पनि यसपटक एन्फाबाट उपचारमा सीमित सहयोग मात्रै सम्भव भएको बताएकी छिन्। एन्फा अध्यक्षले ५ लाख रुपैयाँसम्म सहयोग गर्ने जानकारी दिएपछि बाँकी प्रक्रिया आफैँ अगाडि बढाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो।

साथै, आफ्ना प्रतिनिधिमार्फत सरकारसँग पनि पहल गरिएको तर प्रक्रिया अपेक्षाअनुसार अघि नबढेकोमा उनले असन्तुष्टि जनाएकी थिइन्।

डा. सुनील शर्माको संस्था

केएमसी नेपाली कांग्रेसका नेता तथा मोरङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सुनील शर्माको प्रमुख स्वामित्वमा रहेको संस्था हो।

डा. शर्माले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन्। यसअघि पनि उनले नेपाली क्रिकेट टोलीलाई २०–२० लाख गरी कुल ४० लाख रुपैयाँ सहयोग हस्तान्तरण गर्नुका साथै खेलाडीहरूको निःशुल्क उपचारको घोषणा गरेका थिए।

सामाजिक सञ्जालमा प्रशंसा

युरोपमा खेल्दै नेपाली महिला फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराएकी ‘साम्बा’को उपचारमा देखिएको चुनौतीबीच केएमसीको पहललाई सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ।

राष्ट्रिय टोलीकी सबैभन्दा सफल फरवार्डका रूपमा परिचित ‘साम्बा’ले चोटमुक्त भएपछि देशका लागि शतप्रतिशत योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

उनको उपचारप्रति देखिएको एकता र समर्थनले नेपाली खेलकुद क्षेत्रप्रति समाजको संवेदनशीलता पुनः उजागर गरेको विश्लेषण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४