Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्यो


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन ३ २०८२
  • 3.5K
    SHARES

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीले फागुन २१ प्रतिनिधिसभा सदस्य निर्वाचन का लागि आफ्नो घोषणापत्र आइतबार सार्वजनिक गरेको छ।

कार्यक्रममा पार्टी अध्यक्ष नारायणमान बिजुक्छे ले प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र प्रस्तुत गर्दै देशभक्त जनताको आवाज सदनमा सुनिनुपर्ने, जन्म आधारमा प्राप्त नागरिकता खारेज गरी बंशजको आधारमा मात्र नागरिकता दिनुपर्ने कानूनी व्यवस्था, दुर्गम क्षेत्रका लागि रोपवे, केबलकार, सुरुङमार्ग र रेगमार्गको विकास आवश्यक रहेको उल्लेख गरे।

उनले भ्रष्टाचारमाथि कडा कदम चाल्ने, भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने र ठूला भ्रष्टाचारीलाई ज्यान सजायसमेत हुने कानूनी व्यवस्था बनाउन निरन्तर संघर्ष जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे। साथै, निर्वाचित जनप्रतिनिधिहरुले आफ्नै क्षेत्रमा बसेर जनताको सेवा र सन्तुलित विकासमा काम गर्न पाउने कानुनको व्यवस्था आवश्यक रहेको घोषणापत्रमा समावेश गरिएको छ।

बिजुक्छेले प्रधानमन्त्रीको चयन सदनबाट हुनुपर्ने र सदनमा जनताको विषयमा प्रभावकारी छलफल हुनुपर्नेमा जोड दिँदै उम्मेदवारहरूले आफ्ना एजेण्डा जनतालाई स्पष्ट रूपमा बुझाउन सक्नुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४