Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राप्रपाद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । राप्रपाद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन ले घोषणापत्र वाचन गर्दै सार्वजनिक गर्नुभएको हो । राप्रपाले आफ्नो घोषणापत्रलाई ‘संकल्प पत्र’ नाम दिएको छ ।

घोषणापत्रमा अबको राष्ट्रिय गन्तव्यका रूपमा ‘सबल, समृद्ध र सम्मुनत नेपाल – पृथ्वी पथ’ अवधारणा अघि सारिएको छ ।

पार्टीले शासकीय स्वरूपसम्बन्धी धारणा पनि घोषणापत्रमा समेटेको छ । जसमा अभिभावकीय संस्थाका रूपमा राजसंस्था आवश्यक रहेको उल्लेख गरिएको छ । साथै, प्रदेश संरचना खारेज गरी केन्द्र र बलियो स्थानीय तहसहित दुई तहको शासन प्रणाली लागू गर्नुपर्ने प्रस्ताव राखिएको छ ।

त्यसैगरी, गैरदलीय स्थानीय तहको अवधारणा पनि घोषणापत्रमा समावेश गरिएको छ ।

जलस्रोत, पर्यटन, कृषि, सूचना प्रविधि र सुशासनलगायतका विषयलाई घोषणापत्रका प्रमुख प्राथमिकताका रूपमा समेटिएको राप्रपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४