Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कम्युनिस्ट पार्टीद्वारा प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २८ २०८२
  • 3.6K
    SHARES

काठमाडौं । आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ‘तारा’ चुनाव चिह्न लिएर सहभागी हुने नेपाली कम्युनिस्ट पार्टीले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ। पार्टीको मूल नाराः ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ रहेको छ।

प्रतिवद्धता पत्रअनुसार, पार्टीले राजनीतिक स्थिरता, आर्थिक सुधारको नयाँ चरण र सामाजिक न्यायलाई समृद्धिको मुख्य आधार मान्दै विभिन्न नीतिगत योजना प्रस्तुत गरेको छ। पार्टीले मन्त्रिपरिषद्को आकार घटाउने, निर्वाचन प्रणालीलाई सरल र कम खर्चिलो बनाउने, र उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिवद्धता जनाएको छ।

आर्थिक क्षेत्रमा पार्टीले आगामी पाँच वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने र वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य तय गरेको छ। कृषि क्षेत्रको आधुनिकीकरणका लागि ‘कृषि लगानी दशक’ घोषणा गर्ने, भूमिहीन सुकुम्वासी समस्या समाधान गर्ने, र स्वास्थ्य तथा शिक्षामा नागरिकको सहज पहुँच सुनिश्चित गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

महिला अधिकारमा, पैतृक सम्पत्तिमा समान अधिकार सुनिश्चित गर्ने, दलित समुदायका लागि विशेष सुविधा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मताधिकारको व्यवस्था मिलाउने प्रतिवद्धता पनि पत्रमा समावेश गरिएको छ।

परराष्ट्र नीतिमा पार्टीले असंलग्न कूटनीति अपनाउँदै राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा गर्ने योजना बनाएको छ। यसै क्रममा, निजी क्षेत्र र सार्वजनिक–निजी साझेदारी मार्फत दीर्घकालीन विकास र सामाजिक समानता सुनिश्चित गर्ने दृष्टिकोण पनि पार्टीले अघि सारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४