Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेता निखिल उप्रेतीले राजनीति नगरी कलाकारिता मार्फत योगदान दिने प्रतिबद्धता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २८ २०८२
  • 2.2K
    SHARES

काठमाडौं । चर्चित अभिनेता निखिल उप्रेतीले पत्रकार सम्मेलनमा आफू राजनीतिमा नगइ, कलाकारितामा केन्द्रित रहेर देश र समाजमा योगदान दिने स्पष्ट पारेका छन्। उनले विधागत दक्ष व्यक्तिहरूलाई आफ्नै पेशामा योगदान दिनु उचित हुने बताए।

उप्रेतीले भने, “अहिले विधागत रूपमा अब्बल देखिएका मानिसलाई राजनीतिमा आउनुपर्छ, मन्त्री हुनुपर्छ भन्ने सोच प्रचलित छ, त्यो गलत हो। हामी जहाँ छौँ, त्यहीँ रहेर देश विकासमा योगदान दिनुपर्छ। मलाई दर्शकले कलाकारका रूपमा रुचाउनुभएको छ, त्यसैले म कलाकारितामा नै रमाउँछु।”

यद्यपि उनले नागरिकको रूपमा हरेक व्यक्तिले राजनीति बुझ्नुपर्नेमा जोड दिए। उनले भने, “हाम्रो भविष्य र देशको समग्र विकासका लागि राजनीति बुझ्न जरुरी छ। यदि जनताले राजनीति राम्ररी नबुझेको खण्डमा नीतिनिर्माण तहमा असल प्रतिनिधित्व हुन सक्दैन। निर्वाचन नजिकिँदैछ, योग्य उम्मेदवार छान्नका लागि प्रश्न सोध्ने र सचेत मतदान गर्ने दायित्व सबै नागरिकको हो।”

अभिनेता उप्रेतीको नयाँ चलचित्र ‘कस्तुरी’ को छायाङ्कन आजदेखि काठमाडौँ उपत्यकामा सुरु भएको छ। चलचित्र निर्देशक ऋत बोहोराको निर्देशनमा तयार हुँदैछ। चलचित्रमा उप्रेतीसँगै वर्षा शिवाकोटी, शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मीरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतमलगायत कलाकारहरूले अभिनय गर्नेछन्।

चलचित्रले समाजिक सन्देशसँगै दर्शकमा मनोरञ्जन पुर्‍याउने उद्देश्य राखेको निर्माता पक्षले जनाएको छ। चलचित्रको कथा, संगीत र छायाङ्कनलाई विशेष ध्यान दिइएको छ भने छायाङ्कनको पहिलो चरण काठमाडौं उपत्यकामा सम्पन्न हुने बताइएको छ।

निर्देशक ऋत बोहोराले भने, “निखिल उप्रेतीसहितको कलाकार टोलीले चलचित्रलाई उच्च गुणस्तरमा तयार गर्ने विश्वास लिएका छौँ। कथा र पात्रले दर्शकसँग सिधा संवाद गर्ने खालको भएकाले दर्शकले चलचित्रबाट प्रेरणा र मनोरञ्जन दुवै पाउनेछन्।”

चलचित्रको प्रदर्शन मिति, प्रमोसन योजना र आगामी चरणका छायाङ्कन कार्यबारे थप जानकारी पछि सार्वजनिक गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४