Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगद सम्मानित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २७ २०८२
  • 1.9K
    SHARES

चितवन । भक्तपुरकी रजना त्वानाबासु चितवनमा नगदसहित सम्मानित भएकी छिन् । भरतपुर महानगरपालिका–११ स्थित युनाइटेड टेक्निकल कलेजमा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा विशेष अतिथि चुडामणि खनालले उनलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरेका हुन् ।

स्नातक कम्प्युटर इन्जिनियरिङ छैटौँ सेमेस्टरमा ४ जीपीए प्राप्त गर्दै विश्वविद्यालय टपर बनेपछि उनलाई सम्मान गरिएको कलेजले जनाएको छ । त्वानाबासु हाल स्नातक तह कम्प्युटर इन्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा अध्ययनरत छिन् । अध्ययनका साथै उनले विभिन्न अतिरिक्त विधाहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्दै आएकी छन् ।

कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष चुडामणि खनालले कलेजमा अध्ययनरत विद्यार्थीहरूको भविष्य उज्ज्वल हुने विश्वास व्यक्त गर्दै आवश्यक सहयोगका लागि आफू सदैव तत्पर रहने बताए । उनले नयाँ विद्यार्थीहरूलाई इमानदारीपूर्वक अध्ययन गर्न सुझाव समेत दिए ।

सो अवसरमा स्नातकोत्तर तथा अन्य विभिन्न विधामा ४ जीपीए ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो । शिक्षकतर्फ विभागीय प्रमुख इन्जिनियर निरज बोहरा तथा लाइब्रेरियन मिरा प्याकुरेलालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई समेत पुरस्कार तथा सम्मान गरिएको कलेज प्रशासनले जनाएको छ । उक्त कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४