Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सार सडक आजदेखि आंशिक अवरुद्ध, स्तरोन्नति कार्य सुरु


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २७ २०८२
  • 1.9K
    SHARES

काठमाडौं । गुल्मी जिल्लाको रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड आजदेखि केही समयका लागि आंशिक रूपमा अवरुद्ध हुने भएको छ। उक्त सडक अन्तर्गत सत्यबती गाउँपालिकाको सिस्ने भिर क्षेत्रमा सडक स्तरोन्नति तथा चौडा गर्ने कार्य सुरु हुन लागेकाले सवारी आवागमनमा निश्चित समय बन्द गरिने जानकारी सम्बन्धित निकायले दिएका छन्।

सडक डिभिजन कार्यालय पाल्पाका अनुसार राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने सिस्ने भिर क्षेत्र अत्यन्त साँघुरो र जोखिमयुक्त भएकाले सडक चौडा गर्न कटिङ्ग (भिर काट्ने) कार्य आवश्यक भएको हो। यही कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न माघ २६ गतेदेखि फागुन १५ गतेसम्म सडक आंशिक रूपमा अवरुद्ध गरिने जनाइएको छ।

सडक निर्माण कार्यलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीलाई समन्वयका लागि पत्राचार गरिएको छ। प्रशासनले पनि स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँग समन्वय गर्दै काम अघि बढाउन सहयोग गरिरहेको जनाएको छ।

निर्धारित तालिकाअनुसार उक्त सडकखण्डमा दैनिक बिहान ६ बजेदेखि ९ बजेसम्म, १० बजेदेखि दिउँसो २ बजेसम्म र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। यस्तै बिहान ९ देखि १० बजे, दिउँसो २ देखि ३ बजे र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन खुला रहने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।

सवारी चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न पनि आग्रह गरिएको छ। बिहान र दिउँसोको समयमा सोता–तल्लोफाँट–रुपाकोट–दोकुवा–सलाघारी–चोरकाटे सडक प्रयोग गर्न सकिनेछ भने साँझदेखि बिहानसम्म मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे मार्ग प्रयोग गर्न सकिने जानकारी दिइएको छ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई आवश्यक समन्वय, सहजीकरण तथा सहयोग गर्न अनुरोध गरेको छ। सडक स्तरोन्नति कार्य सम्पन्न भएपछि यातायात सहज, सुरक्षित र व्यवस्थित हुने अपेक्षा गरिएको छ।

प्रशासनले स्थानीय बासिन्दा, यातायात व्यवसायी तथा सर्वसाधारणलाई निर्माण अवधिभर धैर्य राखी सहयोग गर्न आग्रह गरेको छ। दीर्घकालीन रूपमा सडक सुधारले यात्रु तथा स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४