Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माघ २५ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २६ २०८२
  • 2.3K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. माघ २५, २०८२ । इ.सन् 08 Feb, 2026 । शक संवत् १९४७ । नेपाल संवत् ११४६ (सिल्लागा) । सिद्धार्थी संवत्सर उत्तरायण शिशिर ऋतु । आइतवार फाल्गुण कृष्णपक्ष । तिथि सप्तमी, ०५:४६ बजेपछि अष्टमी । नक्षत्र स्वाती, ०६:०४ बजेपछि विशाखा । योग गण्ड, ०१:२७ बजेपछि वृद्धि । करण भद्रा, १६:५४ बजेपछि वव, ०५:४६ बजेउप्रान्त वालव । चन्द्रराशि तुला । योग (आनन्दादि) लुम्ब । दिनमान ११:० । सूर्योदय ६:४९ । सूर्यास्त १७:४९ । दिन विशेष : भद्रा १६:५४ बजेसम्म । रवि-सप्तमी व्रत ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले काममा उत्साह जगाउनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही खर्च बढे पनि भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर आए पनि फाइदा उठाउन केही चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिनेछन् तर प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। तापनि अवसरले उत्साह जगाउनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। समस्या सुल्झाउन गुरुजनको मार्गदर्शन अवलम्बन गर्नुहाेला। मिहिनेतले काम बनाउन सकिनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। आफन्त र परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रयत्न गर्दा ठूलाे काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन र सहयाेगी जुट्नेछन्। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ। नयाँ कार्यशैलीले लोकप्रियता दिलाउनेछ। प्रतिस्पर्धी समेत सहयोगीका रूपमा उपस्थित हुनेछन्।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। आर्थिक पक्षमा ठूलो उपलब्धि नभए पनि ज्ञानलाई निखार्ने अवसर भने प्राप्त हुनेछ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफयोग्य कामले प्रशंसकहरू बढ्नेछन्। आकर्षक उपहारले उत्साह जगाउनेछ। भैपरी आउने समस्या समाधान हुनेछन्। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। असावधानीले गोपनीयता बाहिरिन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। लाेभले पुराना वस्तुहरूमा खर्च गराउनेछ। लेनदेनतर्फ अपेक्षित लाभांश हातलागी नहुन सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ सामान प्राप्त गर्न पुराना वस्तु त्याग्नुपर्नेछ। पछिका लागि लगानी गर्ने अवसर भने प्राप्त हुनेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मनग्य धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम हातलागी हुनेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। मिहिनेतको प्रतिफल भने प्राप्त हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४