Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौँका कारागारमा गृहमन्त्रीको निरीक्षण, सुधारात्मक निर्देशन जारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १४ २०८२
  • 1.3K
    SHARES

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल र कारागार कार्यालय डिल्लीबजारका साथै केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको स्थलगत निरीक्षण गरेका छन् ।

गृहसचिव, गृहमन्त्रालयको शान्ति तथा सुरक्षा महाशाखाका प्रमुख, कारागार व्यवस्थान विभागका महानिर्देशक, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकलगायत उच्च अधिकारीको टोली लिई कारागार निरीक्षणको लागि पुगेका मन्त्री अर्यालले दुई कारागार कार्यालयहरू र एक कारागार अस्पतालको निरीक्षणको क्रममा कारागारहरू र अस्पतालको वस्तुस्थितिबारे जानकारी लिई गर्नुपर्ने आवश्यक सुधारको लागि निर्देशन दिएका हुन् ।

मन्त्री अर्यालले केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका केन्द्र, भद्र र महिला सुधारगृहको निरीक्षण गर्नु भई त्यहाँ राखिएका कैदीबन्दीसँग भेट गरी उनीहरूका पीरमर्का, गुनासाहरूबारे जानकारी लिए । त्यस्तै कारागार कार्यालय डिल्लीबजारका महिला र पुरुष ब्लकहरूमा पुगी त्यहाँ राखिएका बन्दीहरूसँग समेत भेटघाट गर्नुभई राज्यका तर्फबाट बन्दीहरूलाई उपलब्ध गराइएका सुविधा प्राप्तिको अवस्थाबारे चासो व्यक्त गरे ।

निरीक्षणको क्रममा सम्बन्धित कारागारका प्रशासकहरूले कारागारको क्षमता, भौतिक अवस्था बन्दीहरूको सङ्ख्यालगायतबारे मन्त्री अर्याललाई जानकारी गराए । मन्त्री अर्यालले कारागारमा रहेका वृद्ध तथा दीर्घरोगी बन्दीहरूको सम्बन्धमा चिन्ता र चासो व्यक्त गरि उनीहरूको सजाय भुक्तानका सम्बन्धमा कानुनअनुसार प्राप्त हुने राहत उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे ।

मन्त्री अर्यालले कारागारहरूको निरीक्षणपश्चात् बन्दीगृहमा मानवअधिकारको प्रत्याभूतिमा कुनै सम्झौता नगर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिए । त्यस्तै मन्त्री अर्यालले कारागार कार्यालयहरूको भौतिक पूर्वाधार सुधार तथा अत्यावश्यक सेवाको उपलब्धताको लागि मन्त्रालयको तर्फबाट पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गर्दै कारागार व्यवस्थापन विभागमार्फत कारागार कार्यालयहरूको सुधारको मार्गचित्र यथाशीघ्र मन्त्रालयमा पेस गर्न सम्बन्धित कारागार प्रशासकहरूलाई निर्देशन दिए ।

केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको निरीक्षण गरी मन्त्री अर्यालले अस्पतालमा उपचाररत बन्दीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिई अस्पतालको सेवालाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४