Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अध्यक्ष ओलीको फेसबुक पोस्टमा बालेनको कडा काउन्टर: ‘आफूलाई आतङ्कवादी कहिले स्विकार्ने ?’


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १२ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक बहस (पब्लिक डिबेट)का लागि राखेको प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निकै आक्रामक प्रतिक्रिया दिएका छन् । चुनावी एजेन्डा र देश निर्माणको मार्गचित्रका विषयमा बहस गर्न तयार रहेको ओलीको दाबीलाई बालेनले विगतका गम्भीर घटनाक्रम उधिन्दै चुनौती दिएका हुन् ।

अध्यक्ष ओलीले आइतबार फेसबुकमा एक स्टाटस लेख्दै देश बनाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धा भइरहेको उल्लेख गरेका थिए । उनले आफ्नो पार्टी एमाले देश बनाउने पक्षमा रहेको दाबी गर्दै प्रमुख दलका नेताहरूबीच पारदर्शी बहसको खाँचो रहेको बताएका थिए । ओलीले भनेका थिए, ‘चुनावी मैदानमा रहेका दलका एजेन्डा के हुन् ? देश निर्माणको रोडम्याप के छ ? यस्ता प्रश्नमा म आमने-सामने बहस गर्न तयार छु ।’

ओलीको सोही पोस्टमा टिप्पणी गर्दै बालेन शाहले निकै कठोर शब्द प्रयोग गरेका छन् । बालेनले ओलीको ‘देश जलाउने’ भन्ने शब्दावलीलाई व्यङ्ग्य गर्दै नेताहरूले विगतमा गरेका हिंसात्मक क्रियाकलापको जवाफ मागेका छन् । बालेनले लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ । २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते (घर) जलाएको कुरा तपाईँहरूलाई नै थाहा थियो ।’

उनले थप अगाडि बढ्दै ओलीलाई प्रश्न गरेका छन्, ‘आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो ? त्यो स्वीकारेपछि मात्र अरू कुरा गरौँला ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४