LOCKDOWN ले गर्दा आज नेपालमा सर्बसाधरण मजदुर ज्यालादारीहरुको घरमा चुल्हो नबल्ने अबस्थामा सरकारी रबैयाले जनता निराशाजनक स्थितिमा छन।
फेरी LOCKDOWN ले गर्दा आज नेपालमा सर्बसाधरण मजदुर ज्यालादारीहरुको घरमा चुल्हो नबल्ने अबस्थामा सरकारी रबैयाले जनता निराशाजनक स्थितिमा छन। किनकि ऊनीहरुले आफ्नो परिवारलाई बचाउन नसक्ने भै सकेका छन दिनभरी काम गरेर बिहान् बेलुकी खुवाउनेहरु आज १५ औं दिन देखि घरमा बन्दी जिबन बिताउन बाध्य भएका छन । हो यो हुनु त हामीहरु सबै सुरक्षित हुन हो ।
तर यतिबेला जीवन बचाउनको लागी त खानेकुराको पनि आबश्यकता पर्छ। भनाइ त छ सरकारले राहत कार्यक्रम ल्याएको छ हरे तर धनीहरुको लागी मात्रै तर गरिबहरुको लागि छैन राहत यहाँ त काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले भने काठमाडौंमा घर भएर पनि खान नपाउनेहरुको लागि राहत हो रे डेरामा बस्ने लाई राहत दिन सकिदैन रे हामीले तिरेको करबाट तलबभत्ता खानेहरु नै आज हामीहरु भोकभोकै बस्नुपर्ने अबस्थामा आउँदा उल्टो हामीलाई नै सताउदै छ्न। वास्तविक बेरोजगारी भएर दिन भर ज्यालादारी मजदुरी गरेर खानेहरुको बाच्न पाउने अधिकार छ कि छैन ।
यदि गरिबको पनि बाच्न पाउने अधिकार छ भने बास्तबिकता पहिचान गरेर बाच्नको लागि आधार बनाउन सरकारलाई ध्यानाकर्षण गराउन चाहान्छु। हुन त यस्तो बेलामा सरकारका बरिस्ठ मन्त्रीहरुनै भ्रष्टाचारको दलदलमा भासिएका छन। कहिल्यै यिनिहरुको बुद्धिमा घाम लाग्छ। हेर्न बाकी नै छ।तर यो बेलामा सरकारले सबैलाई ध्यान दिन आग्रह गर्दछु। स्वास्थ्य मन्त्रीको गतिविधि देख्दा खेरि त लाग्छ। अहिलेको सरकारलाई जनताले अबको दिनमा कसरी बिश्वास गर्छन् । तर यो समयमा कसरी सुरक्षित रहने र कसरी आफ्नो परिवारहरुलाई के खान दिएर बचाउने भन्ने मात्रै सोचौं सुरक्षित रहौ कोरोना भगाउ।
