Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन, दिउँसोसम्म नाम फिर्ता गर्न सकिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ १० २०८२
  • 1.2K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने जनाएको छ।

आयोगका अनुसार निर्वाचन कार्यतालिका बमोजिम शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। त्यसैगरी, दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। आयोगले शुक्रबार अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने जानकारी दिएको छ।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गतको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबी–विरोधमा उजुरी दिने अवधि तोकिएको थियो। सो दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्ने समय तोकिएको थियो भने त्यसपछि दिउँसो ३ बजेदेखि बिहीबार साँझ ५ बजेसम्म मनोनयन पत्र तथा उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार देशभरका १ सय ६५ निर्वाचन क्षेत्रबाट कुल तीन हजार ४ सय ८६ उम्मेदवारी दर्ता भएका छन्। माघ ६ गते देशभर एकैपटक मनोनयन पत्र दर्ता सम्पन्न भएको हो। कुल उम्मेदवारमध्ये तीन हजार ८९ जना पुरुष, तीन सय ९६ जना महिला र एक जना अन्य रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४