Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि सहकारी ठग हुन्, निर्वाचनमा बहिष्कार गर्छौं, लखेट्छौंः महेश बस्नेत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ ५ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बहिष्कार गरेर अघि बढ्ने चेतावनी दिएका छन् ।

सभापति लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै उनले आसन्न निर्वाचनमा उनलाई बहिष्कार गर्ने, लखेट्ने योजनासहित एमाले अघि बढ्ने बताएका हुन् ।

आईतवार काठमाडौंमा आयोजित पार्टीको निर्वाचन केन्द्रिय विशेष जनसभामा बोल्दै सचिव बस्नेतले गरिव जनताको पक्षमा एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सहकारी अभियान शुरु गरेपनि त्यसमा ठगी गरेकाले एमालेले आगामी निर्वाचनमा त्यसलाई मुख्य एजेण्डा बनाएर जानुपर्ने अवस्था आएको जिकिर गरे ।

उनले भने ‘सहकारीको अभियन्ता मनमोहन अधिकारी हो, एमाले हो । आज त्यो सहकारी ठग ती साग बेच्ने, मकै बेच्ने, दाउरा बेच्ने ती हाम्रा आमा दिदीबहिनीहरुले जम्मा गरेको पैसा र ग्रामिण जीवनको अर्थतन्त्रलाई नाटकीय रुपमा दमन गर्ने, त्यो सहकारीलाई समाप्त गर्ने, त्यो सहकारी ठग रवि लामिछानेलाई त्यो सहकारी अभियन्ता एमाले अध्यक्ष केपी ओली । हाम्रो भोट त्यसलाई हो । सहकारी ठग रवि लामिछाने बहिष्कार । उनलाई लखेटने हो । यसपालीको आन्दोलनका एजेण्डा यही हो । १० वटा मुद्दा बोकेर हिँडेको छ । ४, ५ वटा श्रीमति लिएर हिँडेको छ ।’

सचिव बस्नेतले लामिछाने विभिन्न मुद्दामा जेलिएको भन्दै उनीलाई नेपाली जनताले निर्वाचनमा साथ नदिने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४