Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महान्यायाधिवक्ताको निर्णयपछि रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता हुने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १ २०८२
  • 2.5K
    SHARES

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ ।

महान्यायाधिवक्ता कार्यालयको निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा दर्ता रहेका संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता हुने भएका छन् ।

महान्यायाधिवक्ता सबिता भण्डारी बरालले सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने स्पष्ट पार्दै संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेगरी मात्र आरोपपत्र संशोधन गर्न स्वीकृति दिइएको बताइन् ।
‘यसलाई मुद्दा फिर्ता लिएको रूपमा बुझ्न हुँदैन,’ उनले  भनिन् ।

महान्यायाधिवक्ताले बुधबार चारवटै जिल्ला अदालतमा चलिरहेको अभियोगपत्र संशोधन गर्न स्वीकृति दिने निर्णय गरेकी थिइन् । यस निर्णयपछि कास्की जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता हुनेछ भने रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा चलिरहेको संगठित अपराधको मुद्दा पनि फिर्ता हुनेछ ।

यद्यपि, चितवन जिल्ला अदालतमा संगठित अपराध वा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दर्ता नभएकाले त्यहाँ अभियोगपत्र संशोधन गर्ने निर्णय गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४