Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौं–५ मा ईश्वर एकल सिफारिस, राजनको क्षेत्र परिवर्तन प्रयास असफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २१ २०८२
  • 2.2K
    SHARES

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ ले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । यससँगै एमाले सचिव राजन भट्टराईको क्षेत्र परिवर्तन गरेर सुरक्षित अवतरण गर्ने प्रयास तत्कालका लागि विफल भएको छ ।

एमालेभित्र नेपाली कांग्रेससँग चुनावी गठबन्धन हुन सक्ने चर्चा चुलिएसँगै सचिव भट्टराईले आफ्नो पुरानो निर्वाचन क्षेत्र (काठमाडौं-४) छाड्ने मनस्थिति बनाएका थिए । यदि कांग्रेससँग गठबन्धन भएमा क्षेत्र नम्बर ४ मा कांग्रेस महामन्त्री गगन थापा साझा उम्मेदवार बन्ने र आफू टिकटविहीन हुने वा पराजित हुने डरले भट्टराई क्षेत्र नम्बर ५ तिर आकर्षित भएका थिए । विगतमा पनि थापासँग पराजित हुँदै आएका भट्टराई यसपटक ‘सेफ जोन’ को खोजीमा थिए ।

राजन भट्टराई क्षेत्र नम्बर ५ मा आउने चर्चा चलेपछि यस क्षेत्रका नेता नारायण सिलवालले सुरुमा उम्मेदवारीमा दाबी गरेका थिएनन् । तर, आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रमा आउन खोजेको भन्दै पार्टी पंक्तिभित्रै भट्टराईको तीव्र आलोचना सुरु भयो । बाहिरिया उम्मेदवारलाई स्वीकार गर्न नसकिने आवाज उठेपछि अन्ततः क्षेत्रीय कमिटी ईश्वर पोखरेललाई नै सर्वसम्मत उम्मेदवार बनाउने निष्कर्षमा पुगेको हो ।

क्षेत्रीय कमिटीले सचिव भट्टराईको नाम सिफारिस गर्न अस्वीकार गरेपछि असन्तुष्ट बनेका अन्य स्थानीय नेताहरूले पनि आ-आफ्नो दाबी पेश गरेका छन् । ईश्वर पोखरेल उम्मेदवार नबनेको अवस्थामा मात्र लागु हुने गरी नारायण सिलवाल, किरण शाह ठकुरी, दीपक निरौला, दीपेन्द्र श्रेष्ठ र शान्ति अधिकारीको नाम सिफारिस गरिएको एक नेताले जानकारी दिए ।

स्मरण रहोस्, ईश्वर पोखरेलले यस क्षेत्रबाट अहिलेसम्म एक पटक मात्र जित हासिल गरेका छन् । तर, आन्तरिक विवाद र गठबन्धनको सम्भावित परिदृश्यका बीच एमालेले पुनः उनैलाई अघि सार्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४