Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इपीएस कार्यालयमा युवाको प्रदर्शन, कोरिया पठाउन ढिलाइ भएको गुनासो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १७ २०८२
  • 3.3K
    SHARES

काठमाडाैं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाउनुपर्ने माग गर्दै युवाहरूले ललितपुरको ग्वार्कोस्थित इपीएस शाखा कार्यालयमा प्रदर्शन गरेका छन्।

२ वर्षअघि रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा पास गरी रोस्टरमा रहेका युवाहरूले कोरिया पठाउने प्रक्रिया ढिलाइ भएको भन्दै कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। उनीहरूले दुई महिना अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलन थालेका हुन्।

भाषा तथा सीप परीक्षा पास गरेको करिब २ वर्ष बित्न लाग्दा पनि कोरिया जान नपाएको कारण आन्दोलनमा उत्रिनुपरेको नुवाकोटका युवा राजन ढुंगानाले बताए। उनका अनुसार कोरियाको मागभन्दा बढी संख्यामा आवेदन खुलाइएकाले योग्य र मेहनती युवाले अवसर नपाएको गुनासो छ। राज्यले कोरिया पठाउने प्रक्रिया अघि नबढाउँदा आफूहरू दोधारे समस्यामा परेको उनले बताए।

सन् २०२५ का लागि १ लाख ६३ हजार जनाले परीक्षा दिएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए। तर तीमध्ये धेरैको अहिलेसम्म रोजगार करारसमेत नभएकाले कोरिया जान नसकेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४