Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय नजर : बालेन नेपालको प्रधानमन्त्री पदको प्रतिस्पर्धी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १५ २०८२
  • 4K
    SHARES

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले नेपालको राजनीतिमा ठूलो उथलपुथल आउन लागेको भन्दै एक विशेष रिपोर्ट सार्वजनिक गरेको छ । रोयटर्सका अनुसार काठमाडौँ महानगरपालिकाका लोकप्रिय मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आगामी फागुनमा हुने संसदीय निर्वाचनका लागि ऐतिहासिक चुनावी गठबन्धन भएको छ ।

रोयटर्सले पार्टी अधिकारी र राजनीतिक विश्लेषकहरूलाई उद्धृत गर्दै लेखेअनुसार, भएको सहमतिमा यदि रास्वपाले निर्वाचन जितेमा ३५ वर्षीय बालेन शाह मुलुकको प्रधानमन्त्री बन्नेछन् । यता ४८ वर्षीय रवि लामिछानेले भने पार्टीको नेतृत्व सम्हाल्ने गरी कार्यविभाजन भएको छ । तीन दशकदेखि नेपालको सत्तामा आलोपालो गरिरहेका पुराना दलहरूलाई यो नयाँ समीकरणले गम्भीर चुनौती दिने विश्लेषण रोयटर्सले गरेको छ ।

समाचारमा उल्लेख भएअनुसार यो गठबन्धन गत सेप्टेम्बरमा भएको ‘जेन-जी अर्थात् युवाहरूको व्यापक प्रदर्शनको जगमा निर्माण भएको हो । भ्रष्टाचारविरुद्धको उक्त प्रदर्शनमा ७७ जनाको ज्यान गएको र त्यसैका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपरेको रोयटर्सको दाबी छ । बालेन शाहलाई उक्त आन्दोलनको अघोषित नेतृत्वकर्ताका रूपमा चित्रण गर्दै उनकै पहलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिम सरकार गठन भएको समाचारमा उल्लेख छ ।

राजनीतिक विश्लेषक विपिन अधिकारीले रोयटर्ससँग कुरा गर्दै यसलाई रास्वपाको ‘स्मार्ट र रणनीतिक कदम’ भनेका छन् । उनले भनेका छन्, ‘बालेन र उनका युवा समर्थकहरूलाई आफ्नो पक्षमा ल्याउनु रास्वपाको लागि ठूलो सफलता हो, जसले गर्दा पुराना दलहरू आफ्ना युवा मतदाता गुम्ने डरले त्रसित देखिएका छन् ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४