Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पुराना नेताहरू बाहिर, नयाँ अनुहारलाई अवसर : राप्रपाको समानुपातिक सूची सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १५ २०८२
  • 3.6K
    SHARES

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ । पार्टीले विगतका निर्वाचनमा अवसर पाइसकेका नेताहरूलाई विश्राम दिँदै यसपटक पूर्ण रूपमा नयाँ अनुहारलाई प्राथमिकतामा राखेको हो ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले २०६४ सालदेखि २०७९ सालसम्म लाभको पदमा रहेका वा सांसद भइसकेका कुनै पनि नेतालाई समानुपातिक सूचीमा समावेश नगर्ने कठोर निर्णय गरेको छ । यही नीतिगत कडाइका कारण पार्टीका प्रभावशाली एवं ‘हेभीवेट’ मानिने नेताहरू यसपटक समानुपातिक सूचीमा अटाएनन् ।

डा. लोहनीको प्रयासमा ‘ब्रेक’
समानुपातिक सूची तयार पार्ने क्रममा पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफू उम्मेदवार बन्न पाउनुपर्ने अडान राखेका थिए । पार्टीको ‘पुरानालाई नदोहोर्‍याउने’ निर्णयमा असहमति जनाउँदै उनले आफू तत्कालीन ‘जनशक्ति पार्टी’ बाट सांसद भएको हुनाले राप्रपाको यो नियम आफूमा लागू नहुने तर्क गरेका थिए ।

लोहनीको दाबीमाथि केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुँदा सहमति जुट्न नसकेपछि मतदान प्रक्रिया अपनाइएको थियो । मतदानमा लोहनीलाई उम्मेदवार बनाउन नहुने पक्षमा बहुमत सदस्य उभिएपछि उनी रिङ्गाआउट भएका हुन् ।

यस्तो छ सूची:

     

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४