Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजनीतिमा नयाँ ट्विस्ट! एमालेसँग सहकार्य गर्न सकिने राजेन्द्रप्रसाद पाण्डेको खुलासा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १४ २०८२
  • 3.8K
    SHARES

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले नेकपा (एमाले)सँग पनि निर्वाचनमा सहकार्य गरेर जान सकिने संकेत गरेका छन् ।

सोमवार आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्द सूचि बुझाउन निर्वाचन आयोग पुगेका उनले एमालेसँग पनि कुरा शुरु गरिएको संकेत गर्दै सहकार्य गरेर अघि बढ्ने कुरा नरोकिने बताएका हुन् ।

नेता पाण्डेले आफ्नो पार्टीले देश, संघीय लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा लागि आगामी निर्वाचनमा सहकार्य गरेर जान सकिने समेत स्पष्ट पारे ।

उनले भने, ‘नेकपा एमालेसँग एकताको कुरा केही भएको भए बिस्तारै आइहाल्छ । आज म भन्न सक्दिन, भन्दिन । रोकिँदैन । अरू दलहरूसँग पनि सहकार्य गर्ने कुरा संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, कम्युनिष्ट आन्दोलनको रक्षा, देशको रक्षा गर्ने कुरामा जो जो पार्टीहरू हामीसँग सहकार्य गर्न आउँछन् ।

उनीहरूसँग सहकार्य हुन्छ । हामीले विगतमा समानुपातिकबाट निर्वाचित भएका, विगतमा मन्त्री भईसकेका, प्रत्यक्षबाट सांसद भइसकेकाहरूलाई समानुपातिकमा आउने नदिनेगरी निर्णय ग¥यौँ । युवा पुस्तालाई पनि ध्यान दिएका छौ । ११० जना हामीले पेश गर्ने हो । आदिवासी, जनजाति, महिला, दलित, मधेशी, थारु, खसआर्य । यी सबै क्लष्टरबाट नेपालको संविधान र निर्वाचन कानूनअनुसार जो व्यवस्था गरिएको छ । र हालसालै सरकारले ल्याएको अध्यादेशअनुसार पनि हामीले ल्याएका छौँ ।’

नेता पाण्डेले विगतमा सांसद तथा मन्त्री भएकाहरूलाई समानुपातिक सूचिमा नराख्ने पार्टीका निर्णयअनुसार बन्द सूचि निर्वाचन आयोगमा बुझाएको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४