Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन मात्र उपलब्धि होइन, प्रणाली परिवर्तन नै आन्दोलनको लक्ष्य : मिराज ढुंगाना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष ६ २०८२
  • 4.3K
    SHARES

काठमाडौँ । जेन–जी अभियन्ता मिराज ढुंगानाले वर्तमान सरकारले जेन–जी आन्दोलनको नेतृत्व गर्न नसक्ने बताएका छन्।

संयुक्त जेन–जी आन्दोलनको घोषणा गर्दै उनले सर्वपक्षीय सरकार आजको आवश्यकता भएको बताएका हुन्। उनका अनुसार जेन–जी आन्दोलन निर्वाचनका लागि मात्रै नभई व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रूपान्तरणका लागि सुरु गरिएको हो।

ढुंगानाले सरकारले आन्दोलनलाई निर्वाचनसँग मात्र जोडेर प्रस्तुत गरिरहेको आरोप लगाउँदै यही अवस्थामा निर्वाचन भए थप अस्थिर परिणाम आउने आशंका व्यक्त गरे। उनले निर्वाचन गराइनुलाई मात्र आन्दोलनको ठूलो उपलब्धि नमान्न सरकारलाई आग्रह गरे।

उनका अनुसार देशमा सुरक्षा, न्याय र राज्यप्रतिको भरोसा कमजोर बन्दै गएको छ। समस्याको सही र समयमै समाधान नभए नेपाल अराजकतर्फ धकेलिन सक्ने उनको भनाइ छ।

सुशासन जेन–जी आन्दोलनको मुख्य माग भए पनि सरकारले भ्रष्टाचारसम्बन्धी फाइल खोल्न नसकेको ढुंगानाको आरोप छ। उनले प्रधानमन्त्री, गृहमन्त्री, महान्यायाधिवक्ता र प्रधानमन्त्रीको सचिवालयप्रति समेत नातावाद र कृपावाद हाबी भएको आरोप लगाए।

ढुंगानाले भने,
“यो आन्दोलन निर्वाचनका लागि मात्रै थिएन। व्यवस्था सुधार, सुशासन र राज्यको चरित्र रूपान्तरण नै हाम्रो लक्ष्य हो। यही अवस्थामा निर्वाचन भए अझ अस्थिर परिणाम आउन सक्छ। निर्वाचन गराउनु आन्दोलनको ठूलो उपलब्धि मानिनु हुँदैन।”

उनले सोमबारबाट माइतीघर केन्द्रित शान्तिपूर्ण आन्दोलन सुरु हुने जानकारी दिए। आन्दोलनका मागमा रोजगारी सिर्जना, शासकीय स्वरूपमा सुधार, विदेशमा रहेका नेपालीलाई मताधिकार, शान्ति–सुरक्षा कायम, आन्दोलनमा संलग्न व्यक्तिमाथि धरपकड नगर्नु लगायत विषय समेटिएका छन्।

ढुंगानाले रोजगारी सिर्जनाका लागि सुरु भएको जेन–जी आन्दोलन हुँदाहुँदै पनि वर्तमान सरकार युवालाई विदेश पठाउनमै केन्द्रित भएको आरोप लगाए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४