Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सञ्चारमन्त्री खरेलको पहल: यसरी सम्भव भयो पत्रकार सुरेश रजकलाई सहिद घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर २७ २०८२
  • 3.9K
    SHARES

काठमाडौँ । विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका लागि बिहानैदेखि घरमा चहलपहल थियो । भोजमा सबै परिवार र आफन्तलाई निमन्त्रणा गरिएको थियो । एभिन्यूज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजक भने हरेक दिनझैँ आफ्नो कार्ययोजनाबारे श्रीमती सुजन मगियालाई जानकारी गराउँदै तीनकुनेमा आयोजना हुने राजतन्त्र समर्थकहरूको विरोध प्रदर्शनको श्रव्यदृश्य कैद गर्न घरबाट निस्किएका थिए ।

बिहान सवा ६ बजे घर छाड्दा सुरेशले श्रीमतीलाई भनिन् ‘म आन्दोलनमा जाँदैछु, जात्राको पनि फोटो–भिडियो खिचेर चाँडै फर्किन्छु ।’

सुजनले पनि आफ्ना श्रीमान सुरेशलाई भनेकी थिइन् ‘आन्दोलनको अगाडि–अगाडि नजानु है, चाँडै फर्कनु ।’ तर यही संवाद दम्पतीबीचको अन्तिम कुराकानी बन्न पुग्यो ।

सुजनका अनुसार सुरेशलाई कामप्रति अतुलनीय लगाव थियो । त्यस दिन उनको अनुहार केही मलिन देखिएको सुजनले सम्झिइन् । एभिन्यूजमा कार्यरत भान्जा राजेश रजकले ‘किन यति थकित ?’ भनेर सोध्दा सुरेशले ‘रातभर ननिदाएको’ जवाफ दिएकी रहिछन् ।

सुजन भन्छिन् ‘उहाँ हरेक दिन घरबाट निस्कँदा टर्निङमा पुगेर टाउको हल्लाएर बिदाइ सङ्केत गर्नुहुन्थ्यो । तर त्यो दिनको बिदाइ अन्तिम रहेछ ।’

सुरेशले आगलागीमा परेर ज्यान गुमाए ।

तीनकुनेमा प्रदर्शन उग्र बन्दै गइरहेको थियो । सुरेशका दाइ दिनेश रजकसमेत प्रदर्शनस्थल नजिकै दृश्य कैद गर्दै थिए । झडपपछि प्रदर्शनकारीले नजिकैको घरमा आगो लगाइदिए । भित्रको अवस्थाबारे कसैलाई थाहा थिएन । दिनेश भन्छन् ‘मैले बाहिरबाटै आगलागीको दृश्य खिचिरहेको थिएँ । सुरेश त्यही घरभित्र जलेका रहेछन् भन्ने थाहा नै भएन ।’

पहिलो दमकलले आगो नियन्त्रण गर्न सकेन । त्यसपछि थप दमकल आउँदा मात्र आगो निभाइयो । अनुसन्धानमा पछि खुल्यो– दृश्य कैद गर्ने क्रममा सुरेशको सोही जलेको घरभित्र अड्किएर मृत्यु भएको रहेछ ।

सरकारको निर्णय: सहिद घोषणा

दिवङ्गत पत्रकार सुरेशलाई यही मङ्सिर २२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राज्यका तर्फबाट सहिद घोषणा गरेको छ । तीनकुनेको प्रदर्शनका क्रममा श्रव्यदृश्य कैद गर्दागर्दै मृत्यु भएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्न उनको परिवारले माग गर्दै आएको थियो । यो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलमा सम्भव भएको परिवारजन बताउँछन् ।

सुजन मगिया भन्छिन् ‘सहिद घोषणाले सुरेशले न्याय पाएको अनुभूति भयो । यसका लागि सरकार र मन्त्री खरेलप्रति आभार व्यक्त गर्छु ।’ सात महिनासम्म न्याय खोज्दा निराश थियौँ तर नयाँ सरकारबाट आशा जगायो उनी भन्छिन् । ‘परिवारले करिब सात महिना विगतका सरकार र सम्बन्धित निकाय धाउँदै न्यायको माग गरे तर सुनुवाइ भएन’, सुजन भन्छिन् ‘अघिल्लो सरकारलाई धेरैपटक गुहार्न गयौँ, तर आश्वासनबाहेक केही पाइएन । अहिलेको सरकारले भने छोटो समयमा हाम्रो पीडा सुनेर न्याय दियो ।’ उनका अनुसार मानवअधिकारवादी संस्थाहरूसँग पनि सहयोग माग्दा निराशामात्र हात परेको थियो ।

दिवङ्गत पत्रकार सुरेशका आफन्त पुरुषोत्तम मगियाले पनि सरकारले पत्रकार सुरेशलाई सहिद घोषणा गरेर न्याय दिएको बताउछन् ।

उनले भने ‘सरकारको निर्णय स्वागतयोग्य छ, सञ्चारमन्त्री स्वयंले पेसागत जिम्मेवारी निर्वाहका क्रममा मृत्यु भएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्ने कार्यलाई चासो लिएर पहलकदमी गरिदिनुभयो । उहाँको यस कार्यप्रति रजकको परिवार आभारी छ ।’

सञ्चारमन्त्रीको सक्रियता

मन्त्री खरेलले गृह मन्त्रालयसँग निरन्तर समन्वय गर्दै, प्रधानमन्त्री र अन्य मन्त्रीहरूलाई विषयमा जानकारी गराउँदै सहिद घोषणाको प्रक्रिया अघि बढाएका थिए ।

यसभन्दा अघि पनि मन्त्रालयले सुरेशकी श्रीमती सुजनलाई सुरक्षण मुद्रण केन्द्रमा ‘कम्प्युटर अपरेटर’का रूपमा रोजगारीको व्यवस्था मिलाइसकेको छ ।

सञ्चारमन्त्रीकै पहलमा सुरेशको परिवारले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन र दोषीमाथि कारबाहीको माग पुनः दोहोर्याएका छन् । उनीहरू विश्वासका साथ भन्छन्, ‘हाम्रो बाँकी माग पनि यही सरकारले मात्र पूरा गर्छ भन्ने आशा छ ।’ सुरेशका दाइ दिनेश र अन्य आफन्तले पनि सरकारको निर्णयको स्वागत गर्दै मन्त्री खरेलको पहलप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४