Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दानबहादुर कार्कीले सम्हाले नेपाल प्रहरीको कमाण्ड


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २८ २०८२
  • 4.6K
    SHARES

काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च कमान्ड आजबाट प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्हाल्दैछन् । ३० वर्षे सेवा अवधिका कारण निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङले हिजो राति १२ बजेबाट अनिवार्य अवकाश पाएपछि कार्कीले जिम्मेवारी सम्हालेका हुन् ।

गत कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि आज उनले प्रहरी प्रधान कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गर्दैछन् । प्रहरी संगठनभित्र एक इमान्दार र अनुभवी अधिकृतको रूपमा परिचित कार्कीसँग विभिन्न चुनौतीपूर्ण जिम्मेवारी सम्हालेको अनुभव छ ।

डीआईजी रहँदा लुम्बिनी प्रदेशको कमान्ड सम्हालेका उनले एसएसपीको रूपमा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गरेका थिए । सोही अवधिमा भुटानी शरणार्थी प्रकरण जस्ता संवेदनशील मुद्दाको सामना गर्नुपरेको थियो । भर्खरै, गत भदौ २४ मा काठमाडौं उपत्यकामा जेनजी आन्दोलन चर्कँदा उपत्यकाको कमान्ड सम्हाल्ने जिम्मेवारी पनि उनकै काँधमा थियो । उपत्यका कमान्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत साधन विभाग प्रमुखको भूमिकामा थिए ।

कार्कीको पृष्ठभूमिमा कुनै ठूलो आर्थिक विवादमा नमुछिएको स्वच्छ छवि रहेको छ । उनले फिल्डको अनुभवदेखि आईजीपीको सचिवालयमा बसेर काम गरेको अनुभव समेत सँगालेका छन् । विदेशमा विभिन्न तालिम लिइसकेका उनी यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको भूमिकामा समेत रहेका थिए । नेपाल प्रहरीले अहिले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४