Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किरात धर्मगुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती: कोशी प्रदेशभर सार्वजनिक बिदा !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २६ २०८२
  • 2.2K
    SHARES

विराटनगर । किरात धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १४१ औं जन्मजयन्तीको उपलक्ष्यमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश सरकारले फाल्गुनन्दको अतुलनीय योगदानको सम्मान गर्दै यो निर्णय गरेको हो ।
विक्रम संवत् १९४२ कात्तिक २५ गते आइतबार पाँचथरको इम्वुङ्गमा जन्मिएका फाल्गुनन्द लिङदेन एक युगद्रष्टा समाज सुधारक थिए । उनले किराँत धर्मको पुनरुत्थान र समाजमा व्याप्त अन्धविश्वास, विकृति तथा विसंगतिविरुद्ध आवाज उठाउँदै महत्वपूर्ण नीति निर्माण गरे । उनका उपदेशहरू सत्य, अहिंसा, नारी सम्मान र सामाजिक सद्भावमा आधारित छन्, जसले आज पनि उत्तिकै सान्दर्भिकता राख्छन् ।
विसं २००५ मा उनको निधन भए पनि उनका विचार र मार्गदर्शनहरूले किराँत समुदायसहित सिंगो नेपाली समाजलाई प्रेरणा दिइरहेका छन् । नेपाल सरकारले विसं २०६६ मंसिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरी उनको योगदानलाई राष्ट्रियस्तरमा सम्मान गरेको थियो ।
यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभकामना सन्देश जारी गर्दै फाल्गुनन्दलाई समाज सुधारक, सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तकका रूपमा स्मरण गरे । मुख्यमन्त्री कार्कीले फाल्गुनन्दको योगदानले सबै जात, भाषा, धर्म र संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड दिएको बताए । उनले कोशी प्रदेश सरकार सबै भाषा, लिपि र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि संवैधानिक व्यवस्थाअनुसार प्रतिबद्ध रहेको र प्रदेशमा भाषाहरूको प्रयोगलाई प्राथमिकता दिइने विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४