Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकताको सहमति अनुमोदन गर्न माओवादी केन्द्रले बोलायो बैठक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक १९ २०८२
  • 2.4K
    SHARES

काठमाडौं । नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरूबीच एकता प्रक्रिया तीव्र बनेको छ । नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एकीकृत समाजवादीसहितका विभिन्न कम्युनिष्ट घटकहरू एकीकरणको अन्तिम चरणमा पुगेका छन् । यस एकतालाई नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको आज दिउँसो १ बजे बस्ने बैठकले अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।

यही कात्तिक १६ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थिए । यसको भोलिपल्ट गोपाल किराँतीले पनि नेकपा माओवादी केन्द्रसँग एकता गर्ने सहमति जनाएका थिए। यसरी बृहत कम्युनिष्ट एकताको आधार तयार भएको छ ।

एकतामा सहमत भएका यी दलहरूले कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा भव्य एकता घोषणा सभा आयोजना गर्ने तयारी गरेका छन् । एकता प्रक्रियाले कम्युनिष्ट वृत्तमा नयाँ ध्रुवीकरणको सम्भावना पनि देखाएको छ । यस एकतामा सहभागी नभएका नेत्रविक्रम चन्द नेतृत्वको माओवादी, नेकपा माओवादी केन्द्रका असन्तुष्ट नेताहरू उपमहासचिव जनार्दन शर्मा र राम कार्की, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल लगायतका नेताहरूबीच अर्को नयाँ ध्रुवीकरणको प्रयास भइरहेको बुझिएको छ ।

यसले नेपालको कम्युनिष्ट आन्दोलनमा दुई ठूला धारहरू विकसित हुने संकेत गरेको छ । एकातिर प्रचण्ड र माधव नेपालको नेतृत्वमा बृहत कम्युनिष्ट एकताको प्रयास भइरहेको छ भने अर्कोतिर असन्तुष्ट पक्षहरूबीच नयाँ शक्तिको निर्माणको प्रयास जारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४